यसरी गरियो २५ मेगावाटको म्याग्दी खोल जलविद्युतको शिलन्यास (फोटो फिचर÷भिडियो)

0
649

पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाट क्षमताको दरबाङ– म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माणकार्य सुरु भएको छ । धौलागिरी कालिका हाइ्रड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको शुक्रबार महिला,बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापा, हाईड्रोका अध्यक्ष विनोद कुँवरले मालिका गापा–६ दुखुबेशी बलौटेमा निर्माणधिन अवस्थामा रहेको पावरहाउस र कर्मचारी आवासगृहको शिलन्यास गरेकी हुन् ।

आउँदो ४ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएर सुरू गरिएको जलविद्युत आयोजनको उद्घाटन समारोहको अवसरमा बोल्दै मन्त्री थापाले सरकारले जलविद्युतमा लगानीको वातावरणलाई प्राथकिता दिएको बताईन् ।

१० हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यका साथ सरकारी तथा निजी क्षेत्रले लगानी गरिरहेका जलविद्युतमा विदेशी लगानी आर्कषित समेत गरिएको मन्त्री थापाको भनाई थियो । किसानको ऋण मिनाह, विदेशबाट फर्किएका यूवाको तथ्याङ्क संकलन,लगानीमैत्री वातावरणका साथै तीनै तहको सरकारबाट बेरोजारीको अन्त्य गर्ने योजना सहितको कार्यक्रम सञ्चालन गरिने बताईन् ।उनले जलविद्युत उत्पादनको नाममा लाइसेन्स ओगटेर बस्नेलाई समेत कारवाही गरिने चेतावनी दिएकी छन् ।

प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापाले विदेशमा रहेका म्याग्देलीको सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जलविद्युतलाई सहयोग गर्न स्थानीयलाई अनुरोध गरे । उनले जलविद्युतको लगानीले स्थानीयका साथै जिल्लालाई दिर्घकालिन फाईदा हुने बताउँदै स्थानीयको सहयोगले निर्धारित समयमै सम्पन्न गर्न सहज हुने बताए ।मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गाउँपालिका भित्र निर्माणधिन अवस्थामा रहेको जलविद्युत सबैभन्दा ठुलो लगानी भएकाले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाल, पूर्व सांसद नवराज शर्मा, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, मंगला गाउँपालिका उपाध्यक्ष सृजना केसी, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल, प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, सुरक्षा प्रमुख लगाएको उपस्थिति रहेको थियो । कुल ५ अर्व १४ करोड लागतमा रहेको आयोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने अध्यक्ष विनोद कुँवरले बताए ।

आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले ३ अर्व ५० करोड ऋण लगानी गर्ने एकबर्ष अगाडी नै सम्झौता भएको थियो । आयोजामा दक्षिण कोरिया, हङकङ, यूके लगाएत विश्वका विभिन्न देशका साथै काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीको म्याग्दी ईन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रर्वधक रहेका छन् ।

पानीको वाहव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर रहेको प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्तीमगरले बताए । रन अफ द रिभर आयोजना दरबाङ देखी दुई किलोमिटर माथी म्याग्दी खोलामा बाँध बाधेर ५ किलोमिटर टनेलमा २ सय मिटरको पेनस्टक पाईपबाट हुदै मालिका र मंगला गाउँपालिकाको सिमानमा अवस्थित बलौटेमा रहने पावर हाउसमा झारी विद्युत उत्पादन गरिने छ ।

विद्युत खरिद सम्झौता (पिपिए) मा प्राधिकरणले प्रर्वधकसंग बर्षातको ८ महिना प्रति यूनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रति यूनिट ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ। परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १३२ के.भि ट्रान्समिटर लाईन हुदै डाँडाखेत सवस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ । आयोजनाको शिलन्यासको अवसरमा स्थानीयबासीको समेत उत्साहजन सहभागिता रहेको थियो । आयोजनाको सञ्चालक समितिमा विनोद कुँवर, हर्कमान मगर, ज्ञानेन्द्र थापा, चित्र बहादुर पुन, पूर्ण बहादुर कुँवर, अमृत गौचन र दल बहादुर भट्चन रहेका छन् । शिलन्यास कार्यक्रमको अध्यक्षता विनोद कुँवर, स्वागत सञ्चालक चित्र बहादुर पुन, आयोजनाका बारेमा प्रवन्ध निर्देशक ई. हर्कमान मगर र सञ्चालन बिमल शर्माले गरेका थिए ।