बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ । संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला विश्वकर्मा स्मृती कोषमा शुक्रबार १५ हजार रुपैयाँ सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष लिलाराम गौतमको अध्यक्षता, कोषाध्यक्ष चिरञ्जिवी बोगटीको सञ्चालन र बालजागृति आधारभुत विद्यालयका प्रअ भक्त कार्कीको स्वागतमा सम्पन्न कार्यक्रममा सहकारीका बरिष्ठ सल्लाहकार शेरबहादुर केसी र सस्थापक अध्यक्ष केसीकी धर्मपत्नी देवी केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहकारीले संस्थापक अध्यक्ष केसीको स्मृतिमा स्थापना गरेको एक लाख रुपैयाँको अक्षयकोषलाई बढाएर दुई लाख रुपैयाँ पु¥याउने निर्णय गरेको छ । चालू आर्थिक वर्षको हालसम्म २२ करोड रुपैयाँको कारोबार र बिस करोड रुपैयाँ लगानी गरेको अध्यक्ष गौतमले बताउनुभयो ।