तेस्रो होराईजन कप फुटबलको उपाधी प्रकाश माविलाई

पर्वत बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयले आयोजना गरेको तेस्रो होराईजन कपको उपाधी प्रकाश माविले हात पारेको छ । खेलकुद सप्ताह अन्तरगत आयोजित अन्तरमावि ‘फाइभ ए साइड’ फुटबल प्रतियोगितामा बेनीको न्यू वेष्ट पोइन्ट आवासीय माविलाई पेनाल्टी सुटआउटमा पराजित गदैं उपाधीमा कक्जा गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै समुहले उपाधीका लागी निर्धारित समयभित्र दुवै समुहले २–२ गोल गरेको थिए ।

निर्धारित समयमा बराबरी खेलका दुवै समुहले पेनाल्टीमा वेष्ट पोइन्ट चुक्दा प्रकाश माविले उपाधी जितेको थियो । शनिबारको दिन उत्साहजनक दर्शकको उपस्थितिमा भएको खेलमा विजेतालाई जलजला गाउँपालिका ३ का वडा अध्यक्ष देबेन्द्र भण्डारी, विशिष्ट अतिथि जलजला १ का वडा अध्यक्ष तुलसी रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष चित्र रेग्मीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा अनुशासित समुह शिव मावि र्फसे, सर्वाधिक गोलकर्ता वेष्ट पोइन्टका मनिस श्रेष्ठ, उत्कृष्ट गोल रक्षक प्रकाशक अभिशेक राई, उत्कृष्ट खेलाडी प्रकाश माविका भिमप्रसाद खत्री र म्यान अफ द म्याच गणेश चोखाललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा विजेता, उपविजेताले क्रमश रनिङशिल्ड र नगद १७ हजार, १५ हजार प्रमाणपात्र र मेडल प्राप्त गरेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले आफ्नो वडामा विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी बनाउने बताए । उनले सरकारले वडा अध्यक्षलाई दिएको सुविधालाई विकास निर्माण लगाएतका गतिविधिमा खर्च गरिरहेको बताउँदै सरकारी सेवासुविधा नलिने बताए ।

कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसी र सञ्चालन सहायक प्रधानध्यापक अर्जुन पौडेलले गरेका थिए । प्रतियोगितामा पर्वत र म्याग्दीका १८ विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दीको मंगला गाउँपालिकाको डर्निङ आवासीय माविले समेत पहिलोपटक सहभागिता जनाएको थियो । यसैबीच प्रतियोगितामा आर्थिक भौतिक र नैतिक सहयोग गर्नेलाई धन्यवाद समेत दिइएको थियो । सोही अवसरमा विद्यालयमा बर्षभरी कार्यसम्पादनको आधारमा रेजिना मल्ल, सुस्मा पुनलाई उत्कृष्ट बर्ष शिक्षक, सारदा सिंह कार्कीलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।