माउण्ट एभरेष्टका विद्यार्थीले ड्रोन उडाए (भिडियो)

सदरमुकाम बेनीमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविका एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन् । विद्यालयमा कक्षा ८ मा अध्ययरत गर्ने रेहान दीनले एकल प्रयासमा तयार गरेको ड्रोन विद्यालयमा सफल परिक्षण गरेका हुन् । सदरमुकाम बेनीमा श्रृंगार ब्यवसायमा संलग्न आमाले ल्याएको खेलौना हेलिकप्टर लगाएतका अन्य साम्रागीहरू देखेपछि उनले ड्रोन बनाएको बताए । ‘पसलमा रिमोडबाट उड्ने खेलानौ देखेपछि मैले पनि बनाउन थाले,‘पढाईलाई असर नगर्ने गरी फुर्सदका समयमा पहिलोपटक ड्रोन बनाए’ दीनले भने ।

उनले विद्यालयको प्रार्थना सभामा सफल उडान गरेपछि विद्यालयले समेत सम्मान गरेको थियो । विद्यार्थीकी आमा ममताज खाँन तथा आफन्तले बेनीमा लामो समयदेखी श्रृंगारका सामान विक्री गर्ने गरेका छन् । करिब ५ हजारको लागतमा सामान खरिद तथा प्रोग्रामिंग पछी ड्रोन निर्माण गरेको बताए । ‘अब ठुलो अकारको क्यामेरा बोक्ने ड्रोन बनाउँछु,‘विद्यालयबाट पनि राम्रो सहयोग मिलेको छ’ उनले भने । पढाइमा अब्बल र विज्ञान विषयमा धेरै अभिरुची राख्ने दीनले ड्रोन सफलतासंगै अन्य प्रविधिलाई समेत प्रशिक्षणको तयारी गरेको बताए । उनलाई ड्रोन बनाउन विद्यालयले समान्य सहयोग गरेको थियो ।

विद्यालयले बिज्ञान प्रदर्शनीलाई समेत प्राथमिकता दिएको विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्यायले बताए ।‘विद्यार्थीको सीपको प्रयोगमा आवश्यक परे आर्थिक सहयोग समेत गर्ने गरेका छौ,‘आविष्कारमा चासो देखाउनेलाई समेट्ने गरी विद्यार्थीकै समुह बनाएका छौ’ उनले भने ।उनका अनुसार हाईडोलिक एक्साभेटर लगाएतका उपकरणहरु समत बनाउने बताए । एउटा कलिलो दिमागले प्रोग्रमिंग गरेर यस्ता बस्तु बनाउनु भनेको निकै उत्कृष्ट र सृजनाशिलाताको उपज भएको उनको भनाई छ ।

विद्यालयले ब्यवहारिक र प्रयोगात्मक शिक्षालाई जोड दिने गरेको छ । यसैबीच विद्यालयले करिब २५ करोडको लागतमा निर्माणधिन रहेको भवनमा विज्ञान तथा आविष्कार केन्द्रको समेत स्थापना गर्ने जनाएको छ । कृषि, पशुपालन तथा आविष्कारको क्षेत्रमा आधारभुत तहबाटै विद्यार्थीको पहुँच विस्तार गर्ने गरी योजना बनाएको विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीले बताए । यसैबीच विद्यालयमा अध्ययरत विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोग, साईबर अपराध लगाएतका विषयमा समेत अन्तरक्रिया गरिएको छ ।