आर्कषक भएपनि ओझेलमा परेको जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छहरामा चलहपहल हुन थालेको छ । नारच्याङको लेकगाउँबाट बेसी गाउँमा झर्ने छहरा झरना प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको अवस्थामा पछिल्लो समय जिल्लाभित्रबाट घुम्न जाने, विदाको समयमा समुह बनाएर बनभोजमा समेत जान थालेपछि स्थानीय समेत उत्साहित भएका छन् ।

शैक्षिकका साथै निजी संघसस्था, यूवा क्लव लगाएतले समुह बनाएर झरनमा अवलोकनमा जान थालेपछि स्थानीयले समेत स्वागत गर्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्र्तरगत भुमेथान नजिक रहेको झरनाको अवलोकनमा दुई महिना यता ठुलो संख्यामा घुम्न आएको सृजनाशिल आमा समुहकी सहसचिव नरिमायाँ गुरूङले बताईन् ।

उनका अनुसार गाउँबाट झरनासम्म पुग्ने पक्की पदमार्ग, खानेपानीका साथै अन्य पूर्वाधारको आवश्यकता रहेको बताईन् । उनका अनुसार दैनिक १० जनाको समुहमा आउने गरेका छन् ।पछिल्लो समय म्याग्दी बहुमुखी क्याम्पस, सौन्दर्यकला ब्यवसायी संघ म्याग्दीको टोली सहित विभिन्न संघसंस्थाबाट पुगेका थिए ।बेनी–जोमसोम सडकखण्ड तथा नारच्याङ हुदै अन्नपूर्ण बेसक्याम जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न सकिने झरना रहेको सौन्दर्य कला ब्यवसायी संघकी अध्यक्ष प्रमिला जोशीले बताईन् ।

उनले आमा समुहलाई विभिन्न आयआर्जनको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाईन् । उनका अनुसार स्थानीय महिला समुहको स्वागत तथा झरनामा बारेमा जानकारीले थप उत्साहित भएको बताउँदै एकपटक पुग्नुपर्ने ठाउँ भएको बताईन् ।शनिबार झरनाको अवलोकन गर्न पुगेका सौन्दर्यकला ब्यवसायी संघका पदाधिकारी सहितको टोलीलाई स्थानीय सृजनशिल आमा समुहकी कोषाध्यक्ष प्रतिज्ञा पुनको नेतृत्वमा स्वागत तथा स्थलगत रुपमै झरनाको अवलोकन गराएको थियो । झरना फैलिएको क्षेत्रमा सहासिक जलपर्यटन क्यानोनिङको सम्भावना रहेको छ ।

बेसीगाउँको सिरानमा अवस्थित छहराको सौन्दर्य मास्न नदिने गरी स्थानीयले क्यानोनिङको सर्वे समेत गरेका छन् । छहरा बाह्ै महिना उत्रै र उस्तै देखिने भएकाले पनि साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरङ्गी इन्द्रेणी पर्दा मनमोहक देखिन्छ । बेनी जोमसोम सडकखण्ड अन्र्तरगत रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा चमेरे, महभीर, टिमुरे, दोसल्ले लगाएतका झरनाले पर्यटकलाई आर्कषित गर्ने गरेको छ । म्याग्दीका सबै स्थानीय तहका गाउँबस्ती नजिक रहेका झरनाको प्रचारप्रसार हुन सकेको छैन् ।