लिटील गार्डेनको १५ औ वार्षिक उत्सव

0

बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेर १५ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवसँगै अभिभावक दिवस मनाएको विद्यालयले विभिन्न बिधामा विद्यार्थी र अभिभावकहरुलाई पुरस्कार समेत वितरण गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले निजी विद्यालयहरुले शिक्षण क्रियाकलापमा गरेको अभ्यास सामुदायिक विद्यालयका लागि अनुशरणयोग्य भएको बताउनुभयो । सो अवसरमा जिसस प्रमुख केसीले विद्यालयको प्रकाशोन्मुख स्मारिका अभ्योदयको कभर लोर्कापण र वेभसाइटको उद्घाटन गर्नुभएको थियो ।

विद्यालयका प्रिन्सीपल खुमबहादुर केसीको अध्यक्षता, शिक्षीका सुजता सुवेदीको सञ्चालन, विद्यार्थी एलीसा खड्का र सन्देश सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख विश्वप्रकाश रेग्मी, स्रोत व्यक्ति मोहन बानिया, केशव रेग्मी, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदी, सल्लाहकार जयराम सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम लगायतको उपस्थिती रहेको थियो ।

विद्यार्थीहरुले गित, नृत्य प्रस्तुत गरेका कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा बिजयी हुने अभिभावकहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।