वेष्ट प्वाइन्टको २६ औ वार्षिक उत्सव, विद्यालयको गतिविधिमा चासो देखाउने अभिभावकलाई सम्मान

0

म्याग्दीको शैक्षिक क्षेत्रमा अग्रणी न्यू वेष्ट पोइन्ट आवासीय माविले आइतबार २६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले उद्घाटन गदैं जिल्लाको शैक्षिक क्षेत्रमा विद्यालयको भू्रमिका उत्कृष्ट रहेको बताए । उनले वेष्ट पोइन्टले शैक्षिक क्षेत्रमा गरेका गतिबिधि अनुशरणयोग्य भएको बताउँदै शिक्षा, खेलकुद, आविष्कारका क्षेत्रमा गरेको प्रयासले उत्साहित भएको बताए ।

‘शिक्षामा निजी क्षेत्रको योगदानको उच्च मुल्याङ्कन भएको छ,‘सामुदायिक विद्यालयसम्म पुगेर विद्यार्थीले गरेका गतिविधिले समेत उत्साह थपिएको छ’ उनले भने । दिवसको अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, विद्यार्थीको तर्फबाट कक्षा १० त्रिशला पुन, कक्षा १२ पूर्णिमा क्षत्री, बिबिएस चौथो बर्ष लेबी तामाङले मन्तब्य ब्यक्त गरेका थिए ।

वेष्ट प्वाइन्ट एजुकेश फाउण्डेशन प्रालीका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक कृष्ण जिसीको सञ्चालन र भाइस प्रिन्सीपल सरोज लकान्द्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रिन्सीपल बिणा झाले विद्यालयको गतिबिधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयको गतिविधिमा सक्रियता देखाउने मन्टेश्वरी देखि स्नातक तहसम्मका अभिभावकलाई समेत सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा दुईदशक देखि कार्यरत धन बहादुर पाठक र केशवराज पौडेललाई सम्मान गरिएको मिडिया हबले जनाएको छ । दिवसको अवसरमा बालबालिका र अभिभावकहरुले गित तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयको स्मारिका प्रभातको बिमोचन गरिएको थियो ।