बेनी बचतले गलेश्वर बृद्धबृद्धालाई भोजन

0
240

सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले १८ औं स्थापना दिवसको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वर आश्रममा बस्ने बृद्धबृद्धार्संग मनाएको छ । बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित आश्रममा बसोबास गर्ने बृद्धबृद्धा, कर्मचारी, शालग्राम बेद संस्कृत विद्यालयका विद्यार्थीलाई भोजनका साथै दक्षिणा वितरण गरेको सहकारीका अध्यक्ष रमेश गिरीले बताए ।

उनले सहकारीले बृद्धबृद्धालाई आमाबुबालाई जस्तै सम्मान स्वरुप विबहानको भोजन गराउन पाउँदा खुसी लागेको बताए । सोही अवसरमा सहकारीका संस्थापक उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले सहकारीले स्थापना तथा अन्य समयमा समेत समुदायमा आवश्यक परेको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले समयउनले ज्यान हुदाँसम्म छोराछोरी हुर्काउने र पढाउने मातापितालाई उमेर ढल्केपछि साहरा दिनुपर्नेमा अपहेलित भएर आश्रममा पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए ।

उनले जन्मदिन, बार्षिकोत्सव, दिवंगत आफन्तको सम्झना लगाएत विभिन्न कार्यक्रमहरूबाट सहयोग गर्ने गरिएको बताए। उनले आश्रममा गलेश्वर, मुक्तिनाथ लगाएतका तिर्थयात्रामा जाने भक्तजनहरूलाई समेत निशुल्क भोजन सहित बस्ने ब्यवस्था रहेको बताए । कार्यक्रममा सहकारीका सञ्चालक समिति, सल्लाहकार, सेयरसदस्यको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठले गरेका थिए । भोजन तथा दक्षिणमा करिब २५ हजार सहयोग गरेको थियो ।