बिप्लव नेकपाको म्याग्दीमा संगठन बिस्तार अभियान तीब्र

0

म्याग्दी जिल्लाको मालिका गाउपालिका वडा न.३ मा रहेको अमर ज्योति माध्यमिक विद्यालयमा बिप्लव नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी )ले मंगलबार ४५सदस्य कमिटी गठन गरेको छ । देशब्यापी कम्युनिस्ट बिद्यार्थी अभियान २०७५ सुरु गरेको उक्त संगठनले जिल्लामा संगठन बिस्तार अभियानलाई अगाडि बढाएको हो।  उक्त कमिटीको अध्यक्षमा चित्र घर्ती,उपाध्यक्षमा दुर्गा पटेल ,सचिवमा लोककुमारी रोका लगायत ४५सदस्य कमिटी गठन भएको छ ।

यसैगरी जिल्लाको ३ न ईलाकाको मालिका गाउँ पालिकाको रुम बेबामा बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भेला तथा प्रशिक्षण कार्यक्रम मंगलबार सप्पन्न गरेको छ ।उक्त पार्टीका जिल्ला इन्चार्ज क. बिजेता प्रमुख अतिथि रहेको कार्यक्रमको अतीथिमा क. रन्जित र अध्यक्षता इलाका न. ३ का अध्यक्ष क. दिपेसले गर्नुभएको थियो भने भेलाले ३ न. इलाका स्तरीय १७ सदस्यीय इलाका कमिटी गठन गरेको छ । साथै उक्त भेलाबाट मगर मुक्ति मोर्चा लगायत विभिन्न ज. ब. ज. संगठनहरुको समेत गठन गरिएको उक्त पार्टी निकट स्रोतले जानकारी दिएको छ ।