दरबाङमा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरू

0
301

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा बिहिबार देखि जिल्लास्तरीय अन्तरमावि करबिर मेमोरियल भलिबल कप प्रतियोगिता सुरू भएको छ । केबी एकेडेमीको बार्षिक उत्सवको अवसरमा आयोजित खेलकुद सहित विविध कार्यक्रमको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले उद्घाटन गदै पश्चिम म्याग्दीमा विद्यालयस्तरीय भलिबल प्रतियोगितालाई हरेक बर्ष प्राथमिकता दिएर सञ्चालन गरेको बताईन् ।

उनले शैक्षिक क्षेत्रको विकासमा खेलकुदको भूमिका समेत महत्वपूर्ण हुने बताउँदै आधारभुत तहदेखि खेलकुद गतिविधिलाई समेत अगाडी बढाउनुपर्ने बताईन् ।

‘स्वास्थ्यका लागी खेल अपरिहार्य छ,‘खेलकुद गतिविधिले सम्बन्ध समेत विस्तार हुन्छ’ उनले भनिन् ।सामुदायिक र निजी विद्यालय बिच खेलकुद सहित शैक्षिक गतिविधिमा समेत सहकार्य आवश्यकता रहेको बताईन् । उनले गाउँपालिकाले खेलकुद गतिविधिलाई समेत अगाडी बढाउने गरी राष्ट्रपति कप सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने जानकारी समेत दिईन् । उद्घाटन कार्यक्रममा स्रोतब्यक्ति तेजप्रकाश लामिछाने, जनप्रिय माविका प्रधानध्यापक दिवकार सुबेदीले खेलकुद गतिविधिमा गाउँपालिका भित्रका विद्यालयमा लुकेका प्रतिभालाई उजागर गर्नुपर्ने बताए ।

जनप्रिय माविकै विद्यार्थी राजु शेरचन राष्ट्रिय भलिबल खेलाडीको रुपमा स्थापित भएको बताउँदै खेलकुदमा सम्भावना भएका प्रतिभालाई विद्यालयसंगै स्थानीय तहबाट समेत प्रात्साहन हुनपर्ने बताए । कार्यक्रममा सम्पूर्ण टोलसुधार समितिको तर्फबाट गोपाल गौतम, बैक तथा वित्तिय संस्थाको तर्फबाट प्रभु बैंकका शाखा प्रबन्धक विपिन चोखाल, भलिबलका प्रशिक्षक तेजेन्द्र बानियाँ, नेपाल शिक्षक संघका उपाध्यक्ष नगेन्द्र केसी, समाजसेवी बिरबहादुर पुन,भलिबल खेलका प्रमुख प्रायोजक भव पुन, बालकृष्ण शर्मा, प्रायोजक नारायण पौडेल, प्रबन्ध निर्देशक हिरा पुन लगाएतले मन्तब्य राखेका थिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष शिवनारायण फगामी, स्वागत प्रिन्सिपल गम्भीर ढकाल, सञ्चालन बिमल शर्मा र समापन अध्यक्ष फगामीले गरेका थिए ।

यसैबीच प्रतियोगिताको उद्घाटन खेलमा गतबर्षको बिजेता माउण्ट एभरेष्टले आयोजक केवी एकेडेमीलाई सोझो सेटमा पराजित गरेको छ । प्रतियोगिताको अवसरमा विभिन्न १८ विद्यालयको सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश ३० हजार, १८ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछन् । चारदिनसम्म सञ्चालन हुने प्रतियोगिताको अवसरमा विविध सांस्क्ृति कार्यक्रम सञ्चालन गरिने छ ।