राष्ट्रिय जनजागृति माविमा चार कोठे भवनको उद्घाटन

0

मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँमा रहेका राष्ट्रिय जनजागृति माविको नवनिर्मित भवनको बिहिबार एक समारोहका बीच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका थिए । जीर्ण भवनकै कारण पठनपाठनमा समस्या भएपछि गाउँपालिकले २५ लाखको लागतमा निर्माण गरेको चार कोठे भवनको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष रोकाले सामुदायिक विद्यालयमा रहेका जीर्ण भवनलाई विस्तारै विस्थापित गरी नयाँ संरचना बनाउने प्रतिबद्धता जनाएका थिए ।

उनले एकैपटक गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा रहेका जीर्ण भवनको पूननिर्माण सम्भव नभएकाले वडास्तरका बजेट तथा गाउँपालिकाले समेत प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए ।‘गुणस्तरीय शिक्षका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छौ,‘गुणस्तरीय शिक्षाका लागी समुदायको भूमिका पनि आवश्यक छ’ रोकाले भने । गाउँपालिका भित्र नमुना सामुदायिक विद्यालयको रुपमा स्थापित विद्यालयले मंगला स्रोतकेन्द्रका ४० विद्यालयका प्रधानध्यापकको उपस्थितिमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सृजना केसीले जिर्ण अवस्थामा रहेको भवनको पूननिर्माणसंगै पठनपाठनमा सहज भएको बताइ्र्रन् ।

उनले विद्यालयका दुइ्र्रवटा पक्की भवनले पठनपाठनका साथै पुस्तकालय लगाएतका अन्य कक्ष स्थापना भएको बताईन् । भवन उद्घाटन कार्यक्रममा श्रोतब्यक्ति डेक बहादुर बानियाँ, वडा सदस्य जितमान गौचन, समाजसेवी दुर्गाादत्त आचार्य लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम आचार्य, स्वागत बालकुमारी खत्री, विद्यालयका बारेमा प्रधानध्यापक टेक बहादुर राम्जाली र सञ्चालन शिक्षक भबीदत्त सुबेदीले गरेका थिए । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा २०३ जना विद्यार्थी छन् ।यसैबीच श्रोतकेन्द्रले अनुभव आदनप्रदानका लागी घुम्ती बैठक सञ्चालन गर्ने गरी विद्यालयमा आयोजित बैठकमा गत हप्ता गाउँपालिकाको केन्द्रमा आयोजित अभिमुखीकरण तालिमका साथै विविध विषयमा छलफल गरेका थिए ।