बजेट अभावका कारण गत वर्ष निर्माण कार्य स्थगित गरिएको बेनी नगरपालिका–२ बगरफाँटको खेल मैदान निर्माण कार्य शुरु भएको छ ।चालू आर्थिक वर्षमा नगरपालिकाको रु पाँच लाख र वडा कार्यालयको रु दुई लाख गरी रु सात लाख बजेट प्राप्त भएपछि खेल मैदान निर्माण कार्य शुरु गरिएको सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीका अनुसार गत वर्ष रु पाँच लाख ६० हजारको लागतमा मैदान सम्याउने र माथिल्लो भागमा ५० मिटर प्यारापिट निर्माण गरिएको थियो । एक सय चार मिटर लम्बाइ र ५२ मिटर चौडाइको खेल मैदान निर्माणका लागि नगरपालिका र वडाबाट प्राप्त भएको बजेट पर्याप्त नरहेको कार्कीले बताउनुभयो । बेनीको खुलामञ्च खेल मैदानको विकल्पको रूपमा हेरिएको बगरफाँटको खेल मैदान निर्माणका लागि बजेट अपुग हुने भएपछि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनलाई जानकारी गराइएको र मन्त्री पुनबाट सहयोग हुने आश्वासन पाए पनि बजेट प्राप्त भइनसकेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । (रासस)