वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

0
278

जिल्लाको सदरमुकाम बेनीमा अवस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको क्लब स्टार क्लबको संयोजनमा छात्र र छत्रा बास्केटबल प्रतियोगिता संचालन भएको हो । कक्षा ११ र १२ का छात्र ८ र छात्रा ४ टिम सहभागी भएको सो प्रतियोगिता ३ दिन सम्म संचालन भएको थियो ।

विद्यालयकोे २६ औं बर्सिकोत्सब तथा अभिभाबक दिवसको अवसरमा मंसिर २६ देखि २९ गते सम्म सो प्रतियोगिता संचालन भएको हो । प्रतियोगितामा छात्र तर्फ कक्षा १२ सेक्सन ए प्रथम र कक्षा ११ सेक्सन ए द्वितीय भएका छन् त्यसै गरि छात्रा तर्फा कक्षा ११ सेक्सन ए प्रथम र बिबिएस समूह द्वितीय भएका छन् । विद्यालयले यसै वर्ष माघ महिनामामा संचालन गर्ने जिल्ला स्तरीय कक्षा ११ र १२ को बास्केटबल प्रतियोगिताका लागि खेलाडी छनोट समेत भएको खेलकुद शिक्षक दिपेन राइले बताउनु भएको छ । ब्यबस्थित बास्केटबल ग्राउण्ड निर्माण भए संगै बिद्यार्र्थीहरुमा बास्केटबलको आकर्षण बढ्दै गएको छ ।

प्रतियोगिता का मुख्य रेफ्री शिक्षक रेसमान पुनका अनुसार गत वर्ष भन्दा यस वर्ष निकै कुसल र सक्षम खेलाडी रहेको र खेल क्षमता निकै बढेको बताउनु भएको छ । प्रतियोगितामा प्रथम द्वितीय हुने टिमलाई नगद ४ हजार, २ हजार मेडल प्रमाण पत्र र नगद प्रदान गरिएको क्लबका संयोजक दिप्सन श्रेष्ठले बताएका छन् बिद्यालयमा कक्षा ११ र १२ मा स्तर क्लब फोकस क्लब, सोसल क्लब र जोर्नालीजम क्लब रहेको र ति क्लवले विभिन्न गतिबिधि संचालन गरिरहेको भाइस प्रिन्सिपल कृष्ण जिसीले बताएका छन् ।