बेनी नगरपालिकाको भकिम्लीमा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार गर्न माघे संक्रान्ति एवम् पर्यटन मेला आयोजना हुने भएको छ । नगरपालिका भित्र आन्तरिक पर्यटकको रोजाईमा रहेको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचार प्रसारको लागि माघे संक्रान्ति पर्वको अवसरमा सो पर्यटन मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

भकिम्लीको पर्यटन पर्वद्वन गर्ने उदेश्यको साथ स्थानिय कला सस्कृतिको सम्वर्धन ,माघे संक्रान्ति मेला पर्यटन पर्वद्वन “ भन्ने मुल नाराको साथ भकिम्ली मुसुङमा दोसो ’माघे सक्रान्ति साँस्कृतिक तथा पर्यटन मेला २०७५ ’ पुस २६ गतेदेखि माघ ३ गते सम्म सञ्चालन गरिने मेला सयोजकमा तारामिलन छन्त्यालले बताए ।उनका अनुसार स्थानीय विभिन्न संघ संस्थासंगको सहकार्यमा स्वार्गाश्रम युवा क्लबले आयोजना गरेको सो साँस्कृतिक तथा पर्यटन मेलालाई सभ्य दङ्गबाट सन्चालन गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको छ ।

मेलाको अवसरमा भलिबल उपसमितिमा सन्तोष थापा मगर ,ताराखेल उपसमितिमा दुर्ग बहादुर श्रिस ,पचार प्रसार उपसमितिमा कमल पुन , अतिथि सत्कार उपसमितिमा खिम पुनलाई चयन गरिएको छ । मेलामा चर्चित गायक बसन्त थापा लगायतको कलाकारहरुको साँगेतिक प्रस्तुती संगै महिला ,पुरुष, पौढ,ताराखेल सन्चालन हुने स्वर्गाश्रम युवा कलबको अध्यक्ष भिम पुनले बताए ।मेलामा साँस्कृतिक प्रस्तुती न र खेलकुद प्रतियोगिता संगै भकिम्लीको बिकाश निर्माण र पर्यटन पर्वद्वनको बिषयमा समेत छलफल हुनेछ । पुस २९गते म्याग्दी भ्रमण बर्षलाई लक्षित गरि पर्यटन पदयात्रा समेत गरिने भएको छ । प्रतिनिधि सभाका साँसद भुपेन्द थापा, पदेश साँसद बिनोद केसी , बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,वडा अध्यक्ष पदम पुन लगायतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत सहभागीता रहेछन् ।