मंगला गाउँपालिका-१ कुहुँ पूर्णगाउँका ४ बर्षका बीरबहादुर अर्मजाले गाउँमै अपाङ्ता परिचय पत्र पाए । जन्मजात दुवै खुट्टामा समस्याले अभिभावकको साहरामा आवतजावत गर्ने गरेका अर्मजाले परिचय पत्र पाएका थिएनन् । कम बोल्ने अर्मजालाई गाउँपालिकाबाटै पहिलोपटक वितरण सुरू गरिएको अपाङ्ता परिचयपत्र अर्मजालाई उपलब्ध गराउँदै अध्यक्ष सतप्रसाद रोकाले परिचयपत्र वितरण कार्यको उद्घाटन गरे ।

‘छोरालाई परिचयपत्रको खोजीमै थिए,‘गाउँमै पाएपछि सहज भयो’ बलसिंह अर्मजाले भने । उनले ग बर्गको परिचय पत्र पाएपनि छोराको दुवै घुँडा जोडिने भएकाले शौचालय देखी विद्यालयसम्म लैजानुपर्ने बताए ।‘परिचयपत्रले सरकारी सेवासुविधा पनि पाइन्छ होला,‘बेनीमा पुगेर गराउनुपर्ने समस्या समाधान भएको छ’ उनले भने । जनआवाज आधारभुत विद्यालयमा बालविकासमा अध्ययरत अर्मजालाई शिक्षादिक्षा तथा आधारभुत आवश्यकताका लागी भविस्यमा परिचयपत्रले सहज हुने उनको भनाई छ ।

यता गाउँपालिकाले वडास्तरमा रहेका अपाङ्ता तथा जेष्ठ नागरिकको आधिकारिक तथ्याङ्क नहुदाँ समस्या भएपछि पहिलोपटक गाउँपालिकास्तरबाटै जेष्ठ नागरिक परिचय पत्र वितरणको कार्यलाई तिब्रता दिने अध्यक्ष सतप्रसाद रोकाले बताए । उनले गाउँपालिका भित्रका अपाङ् तथा जेष्ठ नागरिकको परिचयपत्र वितरणसंगै आवश्यकता अनुसार बजेट सहित कार्यक्रहरु समेत सञ्चालन गर्न सहज हुने बताए । उनले अपाङ्ता र जेष्ठ नागरिकको आधारभुत आवश्यकता पुरा गर्न गाउँपालिका निरन्तर सक्रिय रहेको बताए । शनिबार आयोजित एकिकृत घुम्ती शिविरबाट कुहुँमा १० जनालाई परिचय पत्र वितरण गरिएको छ । अपाङ्ता परिचयपत्र कार्यविधि पारिच गरेसंगै अस्पतलाका चिकित्सकको सिफारिस र बास्तविकताकै आधारमा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।