मोना कतारले भब्य समारोहका बीच प्रमुख सल्लाहकारलाई विदाई

0
145

मोना कतारका प्रमुख सल्लाहकार हिमाल सुबेदीलाई एक भब्य समारोहका बीच विदाई गरिएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनामा आधादशक भन्दा अगाडीदेखि संस्थागत गतिविधिमा संलग्न सुबेदी कतारको बसाईलाई विट मादैं स्वदेश फर्किएका सुबेदीले संस्थागत गतिविधिमा पुर्याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गदैं कदरपत्र, दोसल्लाले सम्मान गरिएको हो ।

जिल्लाको रघुगंगा गाउपालिका–३ पिप्ले निवासी सुबेदीको सम्मानमा आयोजित कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष एवम् मोना आइसीका उपाध्यक्ष प्रेम रसाईली, पूर्व अध्यक्ष एवम् मोना आइसीका सचिब विक्रम कार्की, मोना आइसीका सदस्य नरेन्द्र फगामीले आजिवन सदस्यता वितरण गदैं भविस्यमा निरन्तर सहकार्यमा जोड दिएका थिए ।

दोहाका नज्मामा युनिक रेस्टुरेन्ट आयोजित कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलले प्रमुख सल्लाहकार सहित विभिन्न पदमा रहेर सुबेदीले गरेका कार्यले संस्थामा सधै सम्झना हुने बताए ।कार्यक्रममा सहभागी बक्ताले सुबेदीले कतारमा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गर्न अनुरोध गरेका थिए । सोही अवसरमा बोल्दै सुबेदीले मोना कतार एउटा पवित्र घर भएको बताए । उनले घरभित्र एउटा छोराले अभिभावकबाट सिक्ने बताउँदै सिकेको सीपलाई प्रयोग गर्नु जिम्मेबारी भएको बताए । सम्मान तथा विदाई कार्यक्रमको स्वागत उपाध्यक्ष तिलु शर्मा पौडेल र सञ्चालन महासचिव राजु पौडेलले गरेका थिए ।