बेनी नगरपालिकाले सडकमा पटके कर लिने

0
439

बेनी नगरपालिकाले नगरक्षेत्र जोड्ने तीनवटा सडकमा पटके कर लगाउने भएको छ । नगरभित्रका सडकलाई १२ महिना सञ्चालनमा ल्याउन स्तरउन्नती तथा मर्मतका लागी पटके कर लगाउने तयारी भइरहेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले बताए ।

‘पटके करको रकम सडक मर्मतमै खर्च हुन्छ,‘जनतालाई सडकमा सहज आवतजावत गर्ने गरी आवश्यकता अनुसार मर्मत समेत गरिन्छ’ उनले भने । आइतबार कार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गदैं वडा नं ८ का अध्यक्ष समेत रहेका बराईलीले बेनी–पात्लेखेत, बेनी–भकिम्ली, रत्नेचौर–भकुण्डे, मंगलाघाट–चुत्रेनी र गलेश्वर– पात्लेखेत सडकमा पटके कर उठाउने निर्णय भएको बताए ।

देशभरका स्थानीय तहले पटके कर प्रयोगमा ल्याएपनि बेनी नगरपालिकाले सडक मर्मत तथा स्तरउन्नतीमा आवश्यक बजेटमा देखिएको समस्या तथा नियम अनुसार नै कर उठाउन नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ट्याक्सी, जिप र भ्यानलाई दैनिक पचास रुपैयाँ र बस, ट्रक, ट्याक्टर, एक्साभेटर र टेलर लगायत ठुला सवारी साधनलाई दैनिक एक सय रुपैयाँका दरले कर उठाउने नगरपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा कार्यपालिका बैठकले नगरपालिका अन्तरगतका पशुसेवा शाखाले पशुसेवा विकास र सेवा सम्बन्धि तयार पारेको ३० लाख कृषि क्षेत्रमा बिनियोजन भएको २३ लाख बराबरको योजना तथा कार्यक्रम वडा कार्यपालिकासंग समन्वय गरी परिचालन गर्न स्वीकृति दिइएको जनाइएको छ ।