मालिकाका तीन विद्यालयमा सोलार जडान, कम्प्यूटर शिक्षाका लागि सहज

0
428

जिल्लाको पश्चिम क्षेत्रका  विद्यालयमा नियमित कम्प्यूटर शिक्षा सञ्चालन गर्न सोलार जडान गरिएको छ । मालिका गाउँपालिकमा रहेका तीन सामुदायिक विद्यालयमा कम्यूटर शिक्षा, प्रशासनीक गतिविधि, ल्याब सञ्चालनका लागी बैकल्पिक उर्जाको ब्यवस्था गरिएको हो ।

नेपाल सरकार वातावरण मन्त्रालय अन्तरगत रहेको बैकल्पिक उर्जा प्रर्वधन केन्द्रको प्रति विद्यालय ४ लाख ५७ हजार ८९ं० अनुदान र विद्यालयको आन्तरिक श्रोत परिचालन गरी गाउँपालिकको वडा नं ३ मा अवस्थित राष्ट्रिय मावि, वडा नं ३ अमरज्योती मावि डाँडागाउँ र वडा नं ५ देविस्थानमा रहेको भिम माविमा २ हजार वाट पिकअप क्षमताको सोलार जडान गरिएको गाँउपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् ।

‘विद्युत आपूर्ती नहुदाँ कम्यूटर कक्षा सञ्चालनमा समस्या थियो,‘सोलारले ठुलो राहत मिलेको छ’विद्यालयका प्रधानध्यापकलाई उद्धित गदैं बिटालुले बेनीअनलाइनलाई भनिन् ।उनले कम्प्यूटर शिक्षाका साथै पठनपाठनमा प्रयोग गरिने विभिन्न उपकरण सञ्चालनमा समेत सहज भएको बताईन् । उनले सोलारको जडानले विद्युतीय उपकरणको प्रयोग गरी दरवाङसम्म पुग्नुपर्ने समस्या समाधान भएको बताईन् ।

एउटा विद्यालयमा २ किलोवाटको विद्युत उत्पादन हुने गरी सोलार प्यानल जडान भएपछि विद्यालयले मर्मतसम्भार कोष समेत बताउने भिम मावि देविस्थानका प्रधानध्यापक डम्बर घर्तीले बताए । ‘विद्युतको अभावमा धेरै काम ठप्प थियो,‘सोलारले सहज भएको छ’ घर्तीले भने । उनले नियमित रुपमा कम्प्यूटर शिक्षा लिनुका साथै शिक्षकले समेत आवश्यकता अनुसार प्रोजेक्टर लगाएतका विद्युतीय साधनको प्रयोग गरी पठनपाठन गर्न सक्ने बताए । दुर्गम क्षेत्रमा विद्यालयका साथै स्वास्थ्य चौकीमा समेत सोलारको आवश्यकता देखिएको छ ।