भारतको पश्चिम बंगालमा आयोजित साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा म्याग्दीका एक यूवाले स्वर्णपदक हात पारेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीले उत्कृष्ट खेल प्रर्दशन गदैं स्वर्णपदक जितेका हुन् । कराँते प्रशिक्षकको रुपमा समेत चिनिएको केसीले प्रतिस्पर्धामा केसीले सानदार खेल प्रस्तुत गरेका थिए ।

क्षेत्रीय तथा राष्ट्रियस्तरका दर्जनौ खेलमा उपाधी जितेका केसीले एशियाली प्रतियोगितामा समेत स्वर्णपदक जित्नुलाई कराँतेमा नेपालको खेलको थप चर्चा हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीमा अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । ‘उहाँले पोखरामा बसेर पनि धेरै राम्रो गर्नुभएको छ,’ कराँतेमा म्याग्दी जिल्लाले धेरै राम्रा खेलाडी उत्पादन गर्न सफल भएको छ‘ अध्यक्ष विश्वकर्माले भने ।

उनले जिललको खेलकुदमा जिल्लामा जन्मिएर बाहिरी जिल्लामा स्थापित भएकालाई समेत सहयोग लिएर अगाडी बढ्ने बताए । उनले करोँते, भलिबल लगाएतका खेलमा म्याग्दीले गण्डकी प्रदेशबाट सहजै प्रतिनिधित्व गर्ने अवसर पाइरहेका बताउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा समेत सहभागीता बढ्दै गएको बताए । स्वर्णपदक विजेता केसी पोखराका कराँते प्रशिक्षकका साथै राष्ट्रियस्तरका खेलमा समेत सहभागिता जनाउने गरेका छन् ।