????????????????????????????????????

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तरगत  कुलत र दुर्व्यसनी न्युनीकरणका लागि म्याग्दीमा प्रहरीले कक्षा कोठामै पुगेर विद्यार्थी पढाउन सुरु गरेको छ । नायव उपरीक्षक (डिएसपी) वीरबहादुर बुढाका अनुसार कुलतको जोखिममा रहेका किशोर अवस्थाका विद्यार्थीहरूलाई लक्षित गरेर प्रशिक्षण सञ्चालन गरिएको हो ।

कक्षा ९, १०, ११ र १२ मा अध्ययन गर्ने किशोर किशोरीहरूलाई कुलत र दुर्व्यसनीबाट बचाउनका लागि विद्यालय, स्थानीय तहसँग समन्वय गरेर प्रशिक्षण दिने गरेकाे डिएसपी बुढाले बताए । कुलत, अपराध र दुर्व्यसनी सम्बन्धी कानुनी व्यवस्थाको बारेमा जानकारी गराई त्यसतर्फ लाग्न नदिन सचेत बनाउने उद्देश्य रहेको समेत उनले बताए ।

विद्यालय उमेरदेखिकै बालबालिकालाई वर्तमान र भविष्यमा सुमार्गमा लाग्न प्रेरित गरी असल नागरिक बनाउने सरकारको सपना साकार बनाउन बालविवाह, दुर्व्यसनी, ट्राफिक नियम र साइबर अपराध सम्बन्धी कानुनका बारेमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।हालसम्म २२ वटा विद्यालय र क्याम्पसका विद्यार्थीहरूलाई प्रशिक्षण दिइसकिएको छ । जिल्लाका सबै मावि र क्याम्पसमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रहरीको निरन्तरता दिएको छ ।