जन्मदिनको अवसरमा एक शिक्षकले विद्यालयको पुस्तकालय र विद्यार्र्थीलाई पुस्तक प्रदान गर्नु भएको छ । न्यु वेट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुने शिक्षिका सुनिता गौतमले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको पुस्तकालयलाई दुइवटा पुस्तक प्रदान गर्नुभएको हो । शिव खेडाद्वारा लिखित जित मेरो र नवराज बरालद्वारा लिखित नाम पुस्तक विद्यालयको पुस्तकालयलाई प्रदान गर्नु भएको हो ।

त्यसैगरी उहाँले कक्षा १० मा अध्ययन गर्ने ललिता बुढालाई एसईई प्राक्टिस बुक र कापी कलम प्रदान गर्नु भएको छ । जन्मदिनको अबसरमा भोज भतेर गरेर अनाबश्यक खर्च गर्नु भन्दा रचनात्मक कार्य गर्दा सबैलाई फाइदा हुने उहाँले बताउनुभएको छ । यस्ता रचनात्मक कार्य गर्दा विद्यार्थीहरुमा सहयोगी र सामाजिक भावनाको बिकास हुने भाइस प्रिन्सिपल कृष्ण जिसीले बताएका छन् । विद्यालयमा बाल शिक्षामा पढ्ने विद्यार्थीहरुले जन्मदिनको अबसरमा गमलामा फुल रोपेर ल्याउने समेत गरेका छन् ।