मराङमा निशूल्क दन्त शिविर 

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) र गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याडको आर्थिक तथा धवलागिरी गाउँपालिकासँग समन्वयमा धवलागिरी गाउँपालिका–६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ। शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गदैं गाउँपालिका अध्यक्ष पुनले दुर्गम क्षेत्रका जनतालाई आधारभुत स्वास्थ्य सेवाका लागी प्रतिबद्ध रहेको बताईन् ।

उनले जनताको घरदैलोमै पुगेर शिक्षा, स्वास्थ्य लगाएतका रचनात्मक कार्यहरुमा विभिन्न संघसंस्थाबाट समेत सहयोगको आवश्यकता रहेको बताईन् । सोही अवसरमा मोना आइसीका निर्वतमान अध्यक्षयोगेन्द्र क्षेत्री, अध्यक्ष चक्र बहादुर थापा र एनआरएनए न्युजल्याडका अध्यक्ष कमल वाइवाले प्रवासी नेपालीले आर्थिक संकलन गरी शिविर सञ्चालनमा सक्रियता देखाएको बताए । विगतमा पनि भूकम्पबाट क्षती पुगेका संरचनामा समेत सहयोग गरिएको बताउँदै भविस्यमा पनि निरन्तर सक्रिय हुने बताएका थिए ।

दुई दिनसम्म सञ्चालन हुने शिविरको पहिलो दिन मराङ, मल्कवाङ, बिम, ताकम र खिवाङका ९४ जनाले सेवा लिएका छन् । त्रि।वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिएका छन् । शिवरमा दन्त उपचार सम्बन्धी सेवा प्रवाह र दाँतको समस्याबाट बच्ने उपायको बारेमा सन्देश प्रवाह गराउने जनाइएको छ । ११ र १२ गते अन्नपूर्ण गाउँपालिकामा पनि शिविर सञ्चालन गरिने मोनाले जनाएको छ ।