जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घारको तलेत्रमा किरिया बसेको गोठमा एक्कासी आगलागी हुदाँ जलेर नष्ट भएको छ । भुपु भारतीय सेनाका हवल्डार पृथ बहादुर बरुवालको मृत्यु भएपछि घर नजिक रहेको गोठमा किरिया बसेकी गोठमा खाना पकाउँदा आगलागी भएको पीडितको भनाई उद्धित गदैं पत्रकार सुरेश गुरूङ्गले बताए । उनका अनुसार गोठ माथि रहेको पशुचौपायालाई खुवाउने परालमा आगो सल्किएपछि किरियामा बसेका मृतकका श्रीमति, छोराछोरीले तत्कालै बाहिर निस्किएर ज्यान जोगाएका थिए ।

स्थानीय, नेपाली सेनाको श्री बक्स गुल्मको यूनिट, प्रहरी, स्थानीयबासीले थप क्षती हुनबाट जोगाएका थिए ।तत्कालै उद्धारमा खटिएकाले नजिक रहेको घर क्षती हुनबाट जोगिएको थियो । घटनास्थलमा पुगेका गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले पीडितलाई गाउँपालिका र ब्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘किरिया सकिएपछि राहत लिएर आउँछौ,‘आगलागी नियन्त्रणमा खटिएकालाई धन्यवाद दिन्छु’ पुनले भने । सोही अवसरमा आवश्यक केही सामान सहयोग गरिएको थियो ।मृतक बरुवालको श्रीमति, ३ छोरा, ३ छोरी, ६ नातिनातिना रहेका छन् ।