धवलागिरी गाउँपालिका ६ मराङको कुम्रीमा मंगलबार सम्पन्न निशूल्क दन्त शिविरबाट डेढ सय जना लाभान्वित भएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो । शिविरबाट मराङ, मल्कवाङ, बिम, ताकम र खिवाङका १७० जनाले दाँन्त परिक्षण, उपचार, परामर्श र निशूल्क औषधीको सुबिधा प्राप्त गरेका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

त्रि.वि शिक्षण अस्पतालका दन्त प्राबिधिक विशेषज्ञ डाक्टर दिपकराज जोशीको नेतृत्वमा डाक्टर दृष्टिराज जोशी, श्रीया जोशी र कल्पना जोशीको टोलीले सेवा दिनुभएको थियो ।ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि निशूल्क दन्त शिविर आयोजना गरेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो । ११ र १२ गते अन्नपूर्ण गाउँपालिकाको दानामा पनि शिविर सञ्चालन गरिने मोनाले जनाएको छ ।