बेगमा स्याटेलाइट क्लिनिक

0
131
Doctor holding out stethescope

रघुगंगा गाउँपालिका १ बेगमा परिवार नियोजन सम्बन्धि स्याटेलाइट क्लिनिक सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बेग स्वास्थ्य चौकी परिसरमा सञ्चालन भएको शिविरबाट १४ जनाले इम्पलान्ट र आयुसिडी सेवा लिएका छन् ।

यसैगरी बागलुङ निवासी डाक्टर राजिव हमालले रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरलाई उपचार सहयोगी सामग्री उपलब्ध गराउनुभएको छ ।
वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर हमालले १ वटा हिटर, एक सेट बेड र एक थान बलाङकेट सहयोग गर्नुभएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले जानकारी दिनुभयो ।