सिद्धार्थ बैंक म्याग्दी शाखाले १६ औं स्थापना दिवसको अवसरमा कार्यक्रम गरेको छ । मंगलबार न्यूरोडमा रहेको शाखा कार्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रवन्धक गणेश पाठक र सेवाग्राही हरिकृष्ण श्रेष्ठले संयुक्त रुपमा केक काटेर उद्घाटन गरेका थिए ।

सोही अवसरमा सहभागीले सिद्धार्थ बैंकको सेवा प्रचारमुखीभन्दा ग्राहकमुखी भएको बताएका थिए । बैंकका कर्मचारी सेवाग्राहीमैत्रीका साथै वित्तिय गतिविधिका साथै सामाजिक कार्यमा समेत सहभागी रहेको बताउँदै सेवाबाट सन्तुष्ट रहेको बताएका थिए । सोही अवसरमा शाखा प्रवन्धक पाठकले सेवाग्राही केन्द्रित सेवालाई प्राथमिकता दिएको बताए । उनले ग्राहकलाई सन्तुष्ट बनाउने सेवालाई बैंकले प्राथमिकता दिएको बताउँदै सेवा विस्तार गरिने बताए । उनले वित्तिय संगै सामाजिक गतिविधिमा समेत सहभागी रहेको बताए ।

बैकको बेनी शाखामा करिव १६ सय ग्राहक, १७ करोड निक्षेप र २८ करोड कर्जा प्रवाह गरेको बताए । गत महिना बैंकका कर्मचारीले चरम गरिबीका कारण परिवारलाई लालनपालनमा मुस्किल भएपछि घरभित्रै आत्महत्या गरेका बेनी नगरपालिका–६ भरालेका तुल बहादुर बानियाँको परिवारलाई सिद्धार्थ बैंक बेनी शाखाका कर्मचारीले आर्थिक सहयोग समेत गरेका थिए ।