मुदी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना

0
305

जिल्लाको विकट मुदीमा बर्थिङ सेन्टर (जन्मकेन्द) को स्थापना गरिएको छ । धवलागिरी गाउँपालिका–४ मुदीमा बुधबार एक कार्यक्रमका बीच सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागी सेन्टर सञ्चालनमा ल्याइएको हो ।वडा अध्यक्ष बेगप्रसाद घर्तीले सेन्टरको उद्घाटन गदैं घरभित्र हुने प्रसुतीलाई अन्त्य गदैं गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्यचौकीमै ल्याउने अभियानमा स्थानीय संघसंस्थाको समेत प्रतिबद्धता रहेको बताए । उनले आवश्यकता अनुसार भविस्यमा सेन्टरलाई थप पूर्वाधारयुक्त तथा हरेक घरधुरीमा प्रचारप्रसार गरिने बताए ।

गाउँपालिका अध्यक्ष थमसरा पुनको पहलमा स्थापना भएको सेन्टरमा सुत्केरी गराउने स्वास्थ्यकर्मीको उपलब्धता भएपनि आवश्यक उपकरण,औषधी, कोठा लगाएतको ब्यवस्था भएपछि उद्घाटन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेलले बेनीअनलाइनलाई बताए ।उनका अनुसार बर्थिङ सेन्टरको स्थापना भएपछि गर्भवती जाँचका साथै स्वास्थ्यचौकीमै प्रसुती सेवा लिन स्थानयिलाई समेत सहज भएको बताए ।

बर्थिङ सेन्टरको स्थापना भएपछि मुदी, नेरवाङ, अर्चे, नाउराबासीलाई सहज भएको बताए ।सेन्टरको उद्घाटन कार्यक्रममा महिला स्वयमसेविका, आमा समुह, यूवा क्लव लगाएत स्थानीय संघसंस्थाले स्वास्थ्यचौकीमै प्रसुती सेवाका लागी सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यसैबीच गाउँपालिका भित्रका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएको छ । आमा र बच्चाको अकालमा मृत्यु हनुबाट जोगाउन गाउँपालिकाको ताकमलाई घरमा प्रसुती मुक्त वडा घोषणा गरिसकिएको छ भने निकट भविस्यमा मुना र गुर्जालाई समेत घोषणा गर्ने कार्यक्रम रहेको छ ।