????????????????????????????????????

वास्तविक भूकम्प पीडितले अनुदान नपाएको गुनासो गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण आयोजना कार्यान्वयन ईकाइ म्याग्दीले पुननिर्माण दिवसको अवसरमा विहिवार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बास्तविक भुकम्प पिडितहरुको नाम अनुदान पाउने तथ्याङ्ककमा समावेश नभएको भन्दै पीडितले आक्रोश पोखेका थिए ।

????????????????????????????????????

भुकम्प पिडितहरुले आयोजना आउनु अगाबै बनाईका घरहरुलाई मुल्यांकन गरि क्षतीपुर्ति दिनुपर्ने, अझैपनि कतिपय पुननिर्माणको प्रावधान व्यवहारिक नभएको गुनासो गदैं पूननिर्माण पीडितमैत्री नभएको बताएका थिए । ‘भुकम्पले भत्किएको घरमा अनुदान पुगेको छैन,’पहुँचवालाले रजाई गरेका छन्’ एक पीडितले भने । राहत वितरण तथा तथ्याङ्क संकलनमै विभेद भएको बताउँदै भुकम्प पीडितको पहिचान गरी स्थानीय तहबाटै बजेटको ब्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

राहत र अनुदानले भुकम्प पीडितको घरदैलोमा नपुगेमा भविस्यमा पनि धेरै जोखिमको सामाना गर्नुपर्ने बताएका थिए । कार्यक्रममा आयोजना कार्यान्वयन इकाइका प्रमुख शिवराम गेलालले म्याग्दीमा ८६८ जना लाभग्राही मध्ये ७८३ जनाले पहिलो किस्ता लगेको बताए । उनले आवास पुननिर्माणको लागि सम्झौता गरि पहिलो किस्ता लगेको मध्ये २८१ जनाले दोस्रो र आवास पुननिर्माणलाई सम्पन्न गरि १५१ जनाले मात्रै अन्तिम किस्ता भुक्तानि लिएको प्रमुख गेलालको भनाई थियो ।

????????????????????????????????????

आवास पुननिर्माणको लागि पहिलो किस्ता लगेर घर नबनाएका लाभग्राहीहरुलाई यथासक्य छाँटो पुननिर्माणको काम सुरु गर्न वा रकम फिर्ता गर्न अनुरोध गरेका थिए । आयोजनाले पुस १५ गतेसम्म अनुदान लगेर आवास पुननिर्माणनगरेकाहरुलाई स्वच्छीक रुपमा फिर्ता गर्न र सो मितिमा नगरे कानुन बमोजिम अशुल उपर गर्ने जनाएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद विनोद केसीले भुकम्पबाट पिडित भएकाहरुको आवास पुननिर्माण कार्यलाई छिटो सम्पन्न गर्नको लागि आयोजना संगै स्थानीय सरकार समेत सक्रिय हुनुपर्ने बताए ।

‘बास्तविक पिडितहरु अनुदान पाउनबाट छुट्न नहुने भन्दै त्यसको लागि ध्यान दिनुपर्छ’ उनले भने । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आवास पुननिर्माणको लागि लिएको अनुदालाई सदुपयोग गर्दै पुनिर्माणलाई अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले गाउँपालिकाभित्र पुननिर्माणको काम चुनौतिपूर्ण देखिएको भन्दै यो अभियानमा निरन्तर सहजीकरणमा लागीपरेको बताए ।

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल, वडा ३ का कार्यबहाक अध्यक्ष सम्झना परियार, ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा, ७ का अध्यक्ष दुर्गा पुन, वडा १ का सदस्य बलमान गौचनले आ–आफ्नो वडामा भएको पुननिर्माणको अबस्था र समस्याबारे जानकारी गरेका थिए । आयोजना कार्यान्वयन ईकाइको आयोजना, रघुगंगा गाउँपालिका र पत्रकार महासंघ म्याग्दीको सह–आयोजनामा भएको कार्यक्रम पत्रकार महासंघका सचिब गोरखनाथ सुवेदीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच जिल्लाका विभिन्न स्थानीय तहमा समेत तथ्याङ्क संकलनमा भुकम्प पीडितलाई बेवास्ता गरिएको गुनासो गर्ने गरिएको छ ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????