मगर संघ रघुगंगाको अध्यक्षमा शेरपुञ्जा, स्थानीयतहमा मगर संघले सञ्जाल विस्तार गदैं

0

नेपाल मगर संघ रघुगंगा गाउँपालिकाको अध्यक्षमा मनकुमार शेरपुञ्जा निर्विरोध चयन भएका छन् ।  जिल्ला शाखा म्याग्दीले गाउँपालिका स्तरिय संगठन विस्तारलाई तीब्रता दिएसंगै गाउँपालिकाको भेलाबाट अध्यक्ष शेरपुञ्जा मगर सहित उपाध्यक्ष देउप्रसाद पुन मगर, सचिव बिल बहादुर फगामी मगर ,कोषाध्यक्ष यामकुमारी गर्बुजा मगर र सहसचिवमा मन बहादुर शेरपुञ्जा मगर सहित २५ सदस्य कार्यसमिती गठन गएिको नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीका सचिव लोकेश पुन मगरले बताए ।

उनका अनुसार मगरहरुको लोपोन्मुुख कला संस्कृतीको संरक्षण भाषा उत्थान मगरहरुको सामाजिक क्षमताको वृद्धि विकास गर्ने लक्ष्य सहित जिल्लाको सवै गाउँपालिकामा संगठन विस्तार गरिने बताए । यसअगाडी लोक बहादुर घर्ति मगरको अध्यक्षतामा धौलागिरी गाउँपालिका शाखा गठन गरेको थियो । जातिय भाषा कला संस्कृतीको संरक्षण तथाा उत्थानका लागि सक्रियतापूर्वक लाग्ने रघुगंगा गाउँपालिका मगर संघका अध्यक्ष शेरपुञ्जाले बेनीअनलाइनलाई बताए ।  शेरपुञ्जा पाखापानीका वडा अध्यक्ष समेत हुन् ।

‘सबै जातीसंग सहकार्य गरी अगाडी बढ्छौ,’ लोपउन्मुख कला र संस्कृतिको जर्गेना गर्नेछौ‘ उनले भने। देशको मगरहरुको बाहुल्यता रहेको म्याग्दीमा कला संस्कृतिमा पहिचानको बाहुल्यता भएपनि मातृ भाषा भने लोपोन्मुख अवस्थामा रहेकाले सक्रियता देखाउनुपर्ने अवस्था आएको बताए । उनले मगरहरुको क्षमता अभिबृद्धिका लागि तालिमको व्यवस्थाको पहल जातिय कला संस्कृती पहिचानको संरक्षण संगै मातृ भाषा उत्थानमा जोड दिइने बताए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको म्याग्दीमा ४९ प्रतिशत बढी मगरको बाहुल्यता रहेको छ ।