म्याग्दीको दुई सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गएिको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले नेपाल लाइबेरी फाउण्डेसनको प्राविधिक सहयोगमा रघुगंगा गाउँपालिका–३ पिप्लेको रघुगंगा मावि र अन्नपूर्ण गाउँपालिका–६ मुक्तिमार्ग माविमा जडान गरिएको हो । विद्युतीय पुस्तकालयले पठनपाठनमा सहज हुने अपेक्षा गरिएको विद्यालयका शिक्षकल जनाएका छन् । सुचना र प्रविधिको विकाससंगै म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालयको लोकप्रियता बढेको मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाले बताए ।

बिना इन्टरनेट पनि पढ्न सकिने सफ्वेयरको प्रयोगबाट पुस्तकालयमा ‐कम्प्यूटर,ल्यापटप,मोवाईल)को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले पुस्तकालयको सफ्येवर जडानमा आवश्यक पर्ने खर्चको ब्यवस्थापन गरेसंगै सदरमुकाम आसपासका साथै दुर्गममा अवस्थित सामुदायिक विद्यालयका विद्यार्थीले समेत नियमित प्रयोग गर्न थालेको बताए ।

उनले हालसम्म जिल्लाका ४१ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जडान गरिएको विद्यालयमा आवश्यकता अनुसार अनुगमन तथा मर्मतको सुविधाको तयारी समेत गरिएको मोनाले जनाएको छ । एउटा सफ्वेरको माध्यमबाट कम्प्यूटरमा पुस्तकलाई डिजिटलाइज गरेर राख्ने गरिन्छ । सहयोगदाता र विद्यालयले आन्तरिक आम्दानीबाट समेत कम्प्यूटर, प्रोजेक्टर सहितका उपकरणहरू प्रयाप्त मात्रामा ब्यवस्थापन गरेकाले पनि विद्यार्थीले अनुकुल भएको बेलामा पुस्तकालयमा गएर मनपर्ने पुस्तक पढ्न सकिन्छ । म्याग्दीका १ सय सामुदायिक विद्यालयमा रुम टु रिड नेपालले समेत पुस्तक सहितको पुस्तकालय स्थापना गरेको छ ।