विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले सार्वजनिक यातायातमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत छुट दिने ब्यवस्थालाई कार्यान्वयन गर्न माग गरेको छ ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी)का जिल्ला संयोजक सम्राट सापकोटाले एक विज्ञप्ती जारी गदैं म्याग्दीका यातायात ब्यवसायीले विद्यार्थीलाई दिईने छुट कार्यान्वयनमा आलटाल गरेको भन्दै तत्काल कार्यान्वयन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै अध्यक्ष सापकोटा सहितको टोलीले विद्यार्थीले आफ्नो परिचयपत्र देखाउँदा समेत बेवास्ता गरिएको बताउँदै कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताए ।उनले जेष्ठ नागरिकलाई दिईदै आएको छुटलाई समेत कार्यान्वयन गर्न माग गरे । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ लिलादेवी अर्यालले छुट कार्यान्वयनका विषयमा छलफल गरिने बताए ।

उनले अपाङ्ता, जेष्ठ नागरिक र विद्यार्थीले प्राप्त गर्ने छुटका बारेमा यातायात ब्यवसायी सहितको छलफल बोलाउने प्रतिबद्धता समेत जनाईन् । विप्लव माओवादी निकट विद्यार्थीले ज्ञापनपत्र संगै विद्यालयस्तरमा संगठन विस्तार सहित पार्टीका गतिविधिमा सक्रिय छन् ।