गोर्खा चौथो रनिङ शिल मोना हङकङको कब्जामा

टिन रोड युनलुङ स्थित 5 a-side football मा भएको गोर्खा कपु चौठो मोना हङकङले हात पार्दै इतिहास रच्न सफल भएको छ। १९ क्लव तथा संस्थाले प्रतियोगितामा भाग लिएकोमा अन्तिम फाइनलमा ुसोल्टि फुटबल क्लवुसँग भएको कडा प्रतिस्प्रधामा दुवै टिमले निर्धारित समयमा गोल गोर्न नसके पछि टाइब्रेकरमा मोनाले १ का विरुद्ध २ अन्तरले विजय हासिल गरेको हो। प्रतियोगिताको प्रथम पुरस्कार हङकङ डलर २२ हजार २२२ र दितिय पुरस्कार हङकङ डलर ११ हजार १११ राखिएको थियो।

यो प्रतियोगिता हङकङको नेपाली समुदायमा विशेषरुपमा हेरिन्छ।उक्त प्रतियोगिताको क्वाटर फाइनलमामा टिम संयोजक हरि पुनले म्यान अफ दि म्याच र प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै सेमिफाइनलमा इश्वर राना म्यान अफ दि म्याचको उपाधी प्राप्त गरेका थिए । यसरी नै फाइनल खेलमा गोलकिपर रमेश चोचाङगी पुनले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल भए। मोना हङकङ फुटबल क्लवका संयोजक हरि पुन, म्यानेजर जीवन पुन तथा क्याप्टेन बेल गुरुङले थिए।

मोना हङकङ प्रतियोगिता समूह चरणमा सर्वत्कृष्ट भएर क्वाटर फाइनलमा प्रवेश गरेको थियो। मोना हङकङले फुटबल खेलमा सहभागिता सन् २०१५ देखि निरन्तर सहभागिता हुदै आएको छ भने ुमोना हङकङ कपु प्रथम र दोस्रो भव्यरुपमा सम्पन्न गरिसकेको छ भने आगामि मार्चरअप्रिलमा तेस्रो प्रतियोगिता गर्न गैरहेको छ। दुईबर्ष पहिले सोल्टी क्लव र मोना हङकङ बिच भएको फाइनल खेलमा सोल्टि क्लवले सफलता हासिल गरेको थियो भने मोना हङकङ प्रथम रनअप भएको छ ।