घुम्ती टोली मार्फत पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन

0
207

जलजला गाउँपालिकाले वडा स्तरमा सञ्चालन गरेको घुम्ती टोली मार्फत एक हप्ताको अवधिमा पाँच लाख रुपैयाँ भन्दा बढी सम्पति तथा भूमिकर संकलन भएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि वडामा खटिएको घुम्ती टोलीले एक हप्ताको अवधिमा चार वटा वडाका ७४९ जनाबाट पाँच लाख ३० हजार १२१ रुपैयाँ राजस्व संकलन भएको हो ।

३ नम्बर वडामा १२९ जनाबाट एक लाख एक हजार २५४, २ मा १७६ जनाले एक लाख १४ हजार ९३, १ नम्बर वडा बाँसखर्कमा १६९ जनाले एक लाख ३६ हजार ८६५ र ४ नम्बर वडामा २७५ जनाबाट एक लाख ७७ हजार ९०९ रुपैयाँ राजस्व संकलन भएको टोलीका संयोजक भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई वडा कार्यालयमै सम्पति तथा भूमिकर तिर्ने सुबिधा उपलब्ध गराउन आचार्यको नेतृत्वमा सूचना प्रविधि अधिकृत मिलन मल्ल, कर्मचारीहरु शुशिला शर्मा ढकाल, अनिताकुमारी शर्मा, उदयचन्द्र श्रेष्ठ, इन्द्रबहादुर खत्रीको टोली परिचालन गरिएको छ । एउटा वडामा एक देखि दुई दिनका दरले २२ गतेसम्म ९ वटै वडामा सम्बन्धित वडाका जनप्रतिनिधिहरु र सचिवसँगको समन्वयमा टोलीले कर सकलन गर्ने प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले बताउनुभयो ।जलजलाले चालू आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रमा रहेको जग्गा तथा उक्त जग्गामा बनेका घर, गोठ, टहराको कर लिन सुरु गरेको छ ।

सम्पति तथा भूमीकरबाट यस वर्ष चालिस लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ । जलजलामा छ हजार करदाता रहेका गाउँपालिकाको अनुमान छ । हालसम्म एक हजार २४ जनाले सात लाख ९५ हजार ८३८ रुपैयाँ सम्पति तथा भूमिकर संकलन भएको फोकल पर्सन आचार्यले जानकारी दिनुभयो । आईतबार ७ नम्बर वडा धाइरीङमा घुम्ती टोली खटिने गाउँपालिकाले जनाएको छ । सन्तोष गौतम