राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना विद्याज्योती माविको वार्षिक उत्सव समारोहमा सहभागि हुन शनिबार जलजला गाउँपालिकामा आउनुभएको छ ।अध्यक्ष तिमिल्सीनाले आइतबार जलजला गाउँपालिका ३ मल्लाज स्थित विद्याज्योती माविको ७१ औ वार्षिकोत्सव समारोहको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

यसका साथै अध्यक्ष तिमिल्सीनाले जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको निरिक्षण, सरोकारवालाहरुसँग भेटघाट र छलफल समेत गर्नुहुने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो । अध्यक्ष मल्लका अनुसार तिमिल्सीनाले स्तरोन्नतीको क्रममा रहेको मिलनचोक–मल्लाज सडकको शनिबार निरिक्षण गर्नुभएको थियो ।