पार्टीको अभियानले तिब्रता पाउँछ: गर्बुजा

0
293

नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले कार्यकर्तामाझ पुग्ने गरी अभियान थाल्ने बताएका छन् । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले पराजय भोगेपनि पार्टीका गतिविधि तथा जनताका समस्यालाई समाधान गर्ने सक्रियतापूर्वक लाग्न पार्टीको हालै सम्पन्न महासमिति बैठकको म्यान्डेड समेत रहेको बताए । नेपाल ट्रेड युनियन काँग्रेस म्याग्दीले ४३ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित भेटघाट तथा बनभोज कार्यक्रममा बोल्दै गर्बुजाले म्याग्दीका ६ वटै स्थानीय तहका ग्रामिण क्षेत्रसम्म पुगेर जनताका आवश्यकता तथा गुनासोलाई सम्बोधन गर्ने गरी संयन्त्र बनाउने बताए ।

‘पार्टीका गतिविधिलाई ब्यापक बनाउने छु,‘भात्रृ संगठनको निर्वाचनलाई पनि प्राथमिकतामा छ’ गर्बुजाले भने । उनले म्याग्दीका ४ वटा स्थानीय तहमा कांग्रेसको नेतृत्व रहेका बताउँदै जनताका आवश्यकतालाई पुरा गर्न स्थानीय तहका प्रमुखसंग समेत छलफल गर्ने बताए । सोही अवसरमा पूर्व सांसद रेशम बहादुर बानियाँले जनताको भावना बुझेर काँग्रेसले काम गरिरहेको बताए ।

उनले पार्टीभित्र रहेका समस्यालाई महासमिति बैठकले समाधान गरेको बताउँदै पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुपर्ने अवस्था आएको बताए । उनले नेकपा नेतृत्वको सरकारले आर्थिक अराजकता, कमाउने धन्दामा लागेको समेत गुनासो गदैं जनतालाई स्थानीय तहबाट लिने चर्को करको विरोध समेत गरिने बताए । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले नगरपालिका भित्र केही नयाँ कामले प्राथमिकता पाउने बताए ।

उनले नगरबासीलाई परिवर्तनको अनुभुति हुने गरी काम गरिने बताए । नेपाल विद्युत प्राविधिकरण आधिकारीक ट्रेड यनियन कर्मचारी संघ गण्डकी धौलागिरी क्षेत्रीय उपाध्यक्ष, ट्रेड युनियनका निर्वतमान अध्यक्ष दुर्गाराम सुवेदीले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागीले कम्युनिष्टको एकताभन्दा पनि पार्टीको गुटले चुनावमा पराजित भएको बताउँदै गुटलाई स्वीकार गर्ने नेतालाई बहिस्कार गर्नुपर्ने बताएका थिए । टे«ड यूनियनका अध्यक्ष कोमलप्रसाद उपाध्यायको अध्यक्षता, उपाध्यक्ष नवराज शर्माको स्वागत र सचिव बोधहरी सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।