स्वर्गीय राजा वीरेन्द्र शाहको शनिबार ७४ औँ जन्मजयन्ती मनाइएको छ । गणतन्त्र नेपालमा पनि नेपाली जनताले लोकप्रिय राजाको रुपमा सम्झने स्वर्गीय शाहले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई सम्झिएर शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम समेत गरिएको छ ।

गणतन्त्रको स्थापनाको पूर्वसन्ध्यामा देशभर रहेका स्वर्गीय विरेन्द्रको शालिक तोडफोड गरिएपनि उनलाई सच्चा देशभक्त राजाको रुपमा चिन्ने गरिन्छ। ७४ औँ जन्मजयन्ती मनाइरहदाँ स्वर्र्गीय राजा म्याग्दीका विभिन्न कार्यक्रमा सहभागीता जनाएका तस्वीर समेत बेलाबेलामा सामाजिक सञ्जालमा भेटिन्छ । तत्कालिन समयमा खानेपानी तथा विकास निर्माणको अवलोकन गर्न राजा विरेन्द्र, रानी सहित हेलिकप्टरमा पाँचपटक म्याग्दीमा आएका देखिन्छ ।

त्यसभन्दा अगाडी आए नआएको जानकारी नभएपनि तत्कालिन राज्यमन्त्री, जिविस सभापतिको भनाईमा राजाले म्याग्दीका विकास निर्माणका गतिविधिमा सहभागिता जनाएर फर्किएका थिए ।म्याग्दीको बरंजा, निस्कोटको खानोपानीको आयोजनाको उद्घाटन नै राजा विरेन्द्रले गरेका थिए भने देशभरी चर्चामा रहेको ओखरबोटको तामाखानीको अवलोकनमा गरी स्थानीयसंग भेटघाट समेत गरेका थिए ।

त्यस्तै सदरमुकाम बेनीमा म्याग्दी अस्पतालको अवलोकन, बालमन्दिरमा आयोजित कार्यक्रममा कर्मचारीलाई पदक वितरणका साथै उत्तरी म्याग्दीको शिखमा समेत राजा पुगेको पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले बताए ।‘मेरो कार्यकालमा राजा पाँचपटक आउनुभएको थियो,’त्यसभन्दा अगाडी आएको सम्झना छैन‘गौचनले बेनीअनलाइनलाई भने ।

उनले बरंजा र निस्कोट खानेपानीमा आफुँले राजालाई उद्घाटका लागी गरेको प्रस्ताव स्वीकृत भएपछि त्यतीबेला ठुलै यूद्ध जितेजस्तो सम्झना भएको उनको भनाई छ । ‘राजाले उद्घाटन गरेको पानी अहिले पनि जनताले प्रयोग गदैं आइरहेका छन्,‘दुईवटा कार्यक्रम राजनीतिक आन्दोलनका कारण पनि रोकिएको थियो’ गौचनले भने । जन्मदिनको दिनमा हरेक बर्ष स्वर्गीय राजाको म्याग्दी भ्रमणका बारेमा सम्झना हुने गरेको बताए ।

जिविस सभापति हुदाँ रुद्ध बहादुर केसीले पनि एकपटक राजालाई जिल्लामा स्वागत गर्ने अवसर पाएको बताए । उनका अनुसार २०४३ सालमा बरंजामा राजालाई स्वागत गरिएको बताए । उनले राजाले जनताको घरदैलोमै बसेर फर्किएको बताउँदै स्व राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको गणतन्त्र नेपालमा पनि सम्मानको आवश्यकता रहेको बताए । वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो ।

बरंजाको खानेपानीको उद्घाटनका सहभागी भएका राजा विरेन्द्र र रानी एश्वर्या