लिटल गार्डेन मिनी म्याराथनको आर्य र करुणालाई

म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय अन्तरमावि म्याराथन प्रतियोगिताको आयोजना गरेको छ।विद्यालयका बार्षिक कार्यक्रम अन्तरगत आयोजित ८ किलोमिटरको मिनी म्याराथन प्रतियोगितामा छात्र तर्फ राष्ट्रिय माबि नेप्टेचौरका आर्य खत्री (२६ मिनेट) मा पुरा गरी च्याम्पियन भएका छन् ।

त्यस्तै माउण्ट एभरेष्ट आवासीय माविका नविन रोक, मंगला मावि बावियाचौरका महेन्द्र पुन क्रमश दोस्रो र तेस्रो भएका थिए । रोकाले (२७ मिनेट) र पुनले (२७ मिनेट ५० सकेण्डमा) मा लक्ष्य पुरा गरेका थिए ।त्यस्तै छात्रा तर्फ जनकल्याण मावि पुलाचौरकी करुणा बानियाँले ३१ मिनेटमा लक्ष्य पुरा गरेकी थिईन् ।

उनलाई पच्छाउँदै बेनी सामुदायीककी सोनिया बरुवालले ३३ मिनेट र गलेश्वर आदर्श माविकी डिम्पल गुरुङले ३५ मिनेटमा दौड पुरा गरेको विद्यालयका प्रिन्सिपल खुम बहादुर केसीले जनाकारी दिए ।उनका अनुसार बेनीदेखि धार्मिकस्थल गलेश्वरसम्मको रुटमा धावकको सुरक्षालाई समेत ध्यान दिएर ट्राफिक प्रहरीले समेत सहज ब्यवस्थापन गरेको बताए । विद्यालयले दिएका जानकारी अनुसार प्रतियोगितामा जिल्लाभित्रका निजी तथा सामुदायिक गरी १२ विद्यालयका ११ छात्र र ११ छात्राले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्घाटन गदै जिल्ला खेलकुद विकास समितिका कृष्णकुमार विश्वकार्मले मिनी म्याराथन प्रतियोगिताले खेलकुदको क्षेत्रमा लोकप्रिय रहेको बताए । सोही अवसरमा श्रोतब्यक्ति मोहन बानियाँ, विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुबेदीले समेत मन्तब्य राखेका थिए । कार्यक्रमको अध्यक्षता प्रिन्सिपल केसी र सञ्चालन शिक्षिका सुजता सुबेदीले गरेकी थिईन् ।