क्याप्टेन सोवित गौचनले दिए तातोपानी कुण्डलाई १ लाख

0
383

अल्टिच्यूट एयरका क्याप्टेन सोवित गौचनले म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई १ लाख नगद सहयोग गरेका छन् । बाल्यकालमा बाथरोगबाट ग्रसित हुदाँ कुण्डमा स्नान गरी उपचार भएको स्मरण गदैं क्याप्टेन गौचनले कुण्डमै पुगेर एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका थिए ।

कुण्ड ब्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा क्याप्टेन गौचनले बालल्यकालमा आफ्नो समस्यालाई निको पार्न आमाले कुण्डमा ल्याएर आएको सम्झना आइरहने बताए । ‘तातोपानीबाट धेरैले उपचार पाएका छन्,‘मैले पनि यहाँ आएर आफ्नो रोग निको पारेको थिए’ गौचनले भने । उनले कुण्डको प्रचारप्रसार तथा थप पूर्वाधार विस्तार गरी विदेशीलाई समेत आर्कषित गर्न सकिने बताए ।

कार्यक्रममा वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य, मोना आइसीका अध्यक्ष चक्र बहादुर थापा, मोना आइसीका पूर्व अध्यक्ष योगेन बहादुर क्षेत्री, नेपाली कांग्रेस म्याग्दी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष चित्र बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो । बेनी नगरपालिका ८ शिक्षामार्ग घरभई लोकदिप आवासीय मावि मंगलाघाटबाट एसएलसी उत्र्तिणा गरी उच्च शिक्षा हासिल गदैं विदेशमा पुगेर शिक्षा लिएका गौचन एकदशक यता हेलिकप्टर क्षेत्रमा छन् ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएकाले पनि बर्षेनी २० हजारको हाराहारीमा विरामीले स्नान गर्ने गरेका छन् । ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्याभएका बिरामीहरुका लागि तातोपानी कुण्ड प्रकृतिको बरदान बनेको छ ।