मालिका गाउँपालिका–६ दरबाङमा रहेको जनप्रिय माविले ६७ औ वार्षिक उत्सव तथा अभिभावका दिवस मनाएको छ । आईतबार विद्यालय परिसरमा आयोजित कार्यक्रमको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गदैं गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने गरी काम गर्ने बताए । उनले शिक्षक, अभिभावकसंगै गाउँपालिकाले समेत गुणस्तरीय शिक्षाका लागी सक्रियता देखाउने बताउँदै आफ्नो जिम्मेबारी अनुसार काम गर्न समेत आग्रह गरेका थिए ।

उनले सामुदायिक विद्यालयमा शैक्षिक गतिविधिलाई प्राथमिकता दिएर आधारभुत तहदेखी उच्च माविसम्मको शिक्षालाई प्रभावकारी बनाउने बताए । वडा अध्यक्ष सन्तनाथ सु्बेदीले विद्यालयको शैक्षिक कार्ययोजनालाई वडा कार्यालयबाट सहयोग गर्ने बताए । उनले विद्यालयमा अभिभाकले समेत समय समयमा सक्रियता देखाउनुपर्ने बताए । बार्षिकउत्सवको अवसरमा ब्यवस्थापन संकायबाट म्याग्दी जिल्ला प्रथम हुन सफल कुलदेवी पुन, कृष्ण सापकोटालाई सम्मान गरिएको यिथो ।

एसईईमा सतप्रतिशत उत्तिर्ण गराउन सफल बिषयगत शिक्षक विद्यालयका प्रधानध्यापक दिवाकर सुवेदी, शिक्षक नगेन्द्र खत्री, बालकृष्ण शर्मा, कृष्ण प्रसाद रेग्मी, इमरान खान र जगत कुमार सापकोटा सम्मान गरिएको थियो । त्यस्तै तहगतमा लक्ष्मी पौडेल सवेदी, रेशम नेपाली र नारायण प्रसाद सापकोटालाई सम्मान गरिएको विद्यालयले जनाएको छ। साथै कार्यक्रममा आधारभूत तह विद्यालय स्तरीय सेवेन ए साईड फुटबल प्रतियोगिताको बिजेतालाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण फगामीको अध्यक्षता, शिक्षक बालकृष्ण शर्मा र नगेन्द्र खत्रीको सञ्चालन र बिमल बरुवालले स्वागत सहित विद्यालयको प्रगति प्रतिवेदन विद्यालयका प्रअ सुवेदीले प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन जगत सापकोटाले प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व जि.वि.स सभापति ओम प्रसाद शेरचन, विद्यार्थीको तर्फबाट सोविता शर्मा, पूर्वप्रअवीर बहादुर कार्की लगाएतले जिल्लाकै पुरानो सामुदायिक विद्यालयमा पर्ने जनप्रियले शैक्षिक क्षेत्रमा समेत जिल्लामै उत्कृष्ट नतिजा ल्याउने गरी काम गर्नुपर्ने बताए ।