विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सामाजिक संस्था हाईपर क्रु ले काठमाण्डौमा न्यानो कपडा वितरण गरेको छ । समुहले संकलन गरेका न्यानो कपडा चिसो मौसममा काठमाण्डौ भित्र चिसो सिढी, मठमन्दिर आसपासका क्षेत्रमा खुल्ला आकाशमा रात विताइरहेका बृद्धबृद्धा, मानसिक सन्तुलन गुमाएकालाई न्यानो कपडा वितरण गरिएको हाईपर क्रु म्याग्दीका अनुप बानियाँले बताए । उनका अनुसार चिसो मौसममा समेत खुल्ला आकाशमा रात विताउने गरेकालाई कुनै सहयोग नभएको जानकारी पाएपछि अभियान सुरु गरिएको बताए ।

हाईपर क्रु एडमिन प्यानलका संस्थापक अनुप बानियाँ, अशेस श्रेष्ठ र सोफी ठकुरी, मोडेरेटर मेस्सी नवराज, स्वयमसेवक सुप्रिम श्रेष्ठ, कपडा ब्यवस्थापनमा सहयोग गर्ने सिवानी भण्डारी, राजकुमार बानियाँ, डेभिना ठकुरी र दिपसुंग आर्सी लगाएतको उपस्थिती रहेको थियो । सामाजिक सञ्जालमा समेत लोकप्रिय रहेको हाईपर क्रु ले आफ्नो सञ्जाल देशभरी विस्तार गरिरहेको छ । सञ्जाल मार्फत सामाजिक कार्यमा सक्रियता देखाउने गरेको छ ।