दुवै मृर्गौला समस्या आएपछि आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका एक यूवाले सहयोगको याचना गरेका छन्। जिल्लाको मालिका–६ दु्खु लेकका २४ बर्षिय मिलन रोकाको उपचारमा आर्थिक अभावले उपचारमा समस्या देखिएपछि अपिल गरेका हु्न् । ‘घरमा भएको पैसा सकियो, उपचारमा सहयोगको अपेक्षा गरेको छु’ पीडित रोकाको भनाई उद्धित गदैं आर्थिक सहयोग समितिका संयोजक चित्र बहादुर रोकाले बेनीअनलाइनलाई भने ।

उनका अनुसार विरामी भएपछि उपचारको क्रममा दुवै मृगौला फेल भएको चिकित्सकले बताएपछि उपचारको खोजीमा घरमा भएको आर्थिकले अपुग भएपछि सहयोग संकलन अभियान सुरु गरिएको बताए । डायलासिस सहित नियमित उपचारका साथै प्रत्यारोपणका लागी आर्थिक सहयोग जुटाउन सुरु गरिएको उनले बताए ।हाल पोखराको फिस्टेल अस्पतालमा उपचार गराइरहेका रोकालाई करिव १५ लाख लाग्ने अस्पतालले जनाएको छ । आर्थिक अभावबाट उपचारमा समस्या भएपछि सहयोगका लागी पीडितले गाउँपालिकालाई समेत अनुरोध गरेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनले उपचारमा स्वदेश तथा विदेशबाट सहयोगको अपिल समेत गरेका छन् ।