शक्ती र पहुँचको आडमा उत्तरी म्याग्दीमा सञ्चालित एक क्रसर उद्योगले अवैध उत्खनन् गरेको पाइएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा म्रिस्ती खोला, आसपासका सार्वजनिक जग्गाबाट गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर केही स्थानीयले निर्माणधिन अवस्थामा रहेकोे ४२ मेगावाट क्षमताको म्रिस्ती खोला जलविद्युत आयोजनाको आडमा खोलामा एक्जाभेटर लगाएर निर्वाध बिक्री गर्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) क्षेत्रभित्र स्थानीयबासीको चर्को विरोधलाई समेत अटेर गरी सञ्चालित सञ्चालिक उद्योगले धमाधम उत्खनन् गर्दा आसपासका क्षेत्र समेत जोखिममा परेको छ । म्रिस्तीखोलाको नाममा अनुमति लिएर केही स्थानीयको समेत लगानीमा सञ्चालित क्रसरले दिनहुँ बेनी–जोमसोम सडकखण्ड,दाना सवस्टेसन, पक्की पुल लगाएत आवश्यकता अनुसार ब्यक्तिगत प्रयोजनामा समेत दिनहुँ ढुंगा, गिटी र बालुबा विक्री गर्ने गरेको स्थानीयबासीको भनाई छ ।

‘जलविद्युत आयोजनाका केही ब्यक्तिको मिलेमतोमा क्रसर सञ्चालन भइरहेको छ,‘न्यूनतम पूर्वाधार समेत पुरा गरिएको छैन्,छानविन गरेर कानुनी दायरामा ल्याउनुपर्छ’एक स्थानीयले भने ।स्थानीयस्तरमा राजनीतिक दलको आडमा मिलेमतोेमा सञ्चालित उद्योगबाट सिमित ब्यक्तिलाई फाईदा भएपनि गाउँलेलाई सास्ती भएको उनले बताए ।

मिस्त्रीखोलाको नाममा नजिकै अर्को क्रसर समेत सञ्चालनमा रहेको छ ।आयोजनालाई आवश्यक पर्ने निर्माण साम्रागी आफ्नै क्रसरबाट उत्पादन गर्ने गरेपनि जलविद्युत आयोजनाले समेत अवैध उत्खनन्मा सघाइरहेको स्थानीयको गुनासो छ ।‘दैनिक एकैपटक चारपाँच टिपरले साम्रागी लैजान्छन्,‘स्थानीयकोे नाममा अवैध रुपमा निकासी भइरहेको छ’स्थानीयले भने । एक्जाभेटरले खोला तथा आसपासका सार्वजनिक जग्गा दोहनमा एक्यापसले समेत मौन स्वीकृति दिएको स्थानीयको गुनासो छ ।

जलविद्युत आयोजनाले आवश्यक पर्ने निर्माण साम्रागीका लागी प्रक्रिया पुरा गरी क्रसर उद्योग सञ्चालन गर्न पाउने भएपनि ब्यवसायीक रुपमा प्रयोग गर्ने कानुनी प्रावधान नभएपछि उक्त क्रसर उद्योगमा उत्पादन गरिएको साम्रागीलाई अनुमतिको आडमा अन्य आयोजनामा पु¥याउने गरिएको छ । क्रसर उद्योगका बारेमा म्रिस्त्री खोला आयोजना समेत मौन बस्ने गरेको छ । आयोजनाको टनेल लगाएतमा आवश्यक संरचनामा अर्को क्रसरबाटै सामान पु¥याउने गरेपनि केही स्थानीयको ब्यक्तिगत आम्दानीलाई आधार बनाएर सञ्चालनको अनुमति दिएको क्रसरलाई स्थानीयकै स्वामित्व भन्दै आएको छ ।

क्रसर उद्योगमा एक्याप ब्यवस्थापन समितिका पदाधिकारीको समेत संलग्नता रहेकाले एक्यापबाट समेत स्थलगत अनुगमनको क्रममा बेवास्ता गर्ने गरेको पाइएको छ । यता वडा अध्यक्ष चन्द्रप्रसाद फगामीले क्रसर उद्योगका बारेमा वडा कार्यालयमा आधिकारिक जानकारी नभएको बताए । ‘हामीलाई जानकारी छैन्, जलविद्युतले सञ्चालन गरेको भनिएको छ, एकैठाउँमा आयोजनाको नाममा दुईवटा क्रसर सञ्चालन गरेको छ’ फगामीले भने । उनले क्रसर उद्योगका बारेमा पटकपटक गुनासो आउने गरेपनि म्रिस्त्री मौन बस्ने गरेको आरोप समेत लगाए ।

‘म्रिस्त्रीको दोहोर भूमिका देखिएको छ,‘वडाबासीलाई विवादमा ल्याउने प्रयास गरिएको छ’ उनले भने । स्थानीय तहको निर्वाचन लगत्तै वडा कार्यालयले समन्वयको प्रयास गरेपनि आयोजना पक्ष र क्रसर सञ्चालकले वेवास्ता गरेको बताए । एकैठाउँमा दुईवटा क्रसर राखिएको बारेमा गाउँपालिकालाई समेत जानकारी रहेको बताए । क्रसर उद्योगका कारण पतार–बास्बोट जोड्ने सडक जोखिममा परेको छ । दैनिक सञ्चालनमा रहेको क्रसरका बारेमा स्थानीयले चर्को विरोध गर्ने गरेपनि सञ्चालनक नै ठुला राजनीतिक दलमा आवद्ध रहेकाले समस्या भएको बताइन्छ । क्रसरमा लाखौं घनमिटर नदीजन्य पदार्थ भण्डारण गरिएको छ ।

क्रसरका सञ्चालक एक्यापको ब्यवस्थापन समितिमा
क्रसर सञ्चालक तेज गुरूङ अन्नपूर्ण संरक्षण परियोजना नारच्याङ ब्यवस्थापन समितका अध्यक्ष हुन् ।जलविद्युत सञ्चालन गरेवापत स्थानीयलाई समेत आम्दानी हुने गरी आयोजना र स्थानीयको संयुक्त लगानीमा स्थापना गरिएको गुरूङको दावी छ। क्रसरका अर्का सञ्चालक ओमबहादुर बुढाथोकी ब्यवस्थापन समितिका सचिव हुन् ।आयोजना र एक्यापको आडमा दैनिक नदी उत्खनन् गरी ख्ुलेआम विक्री हुदाँ समेत स्थानीय जनप्रतिनिधि, प्रहरी लगाएतका सरोकारवाला निकाय समेत मौन छन् ।

क्रसरमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भई हाल जिससमा रहेका मेख बहादुर गर्बुजा समेत छन् । त्यस्तै तम बहादुर चोचाङ्गी, जितेन्द्र चोचाङ्गी, भिम बहादुर शेरपुञ्जा लगाएतको लगानी छ । स्थानीयस्तरमा क्रसर सञ्चालक अगाडी स्थानीयले विरोध गर्न नसकेपनि सार्वजनिक सुनुवाई लगाएतका कार्यक्रमहरुमा गुनासो गर्ने गरेका छन् । क्रसर सञ्चालकले राष्ट्रिय निकुञ्ज बिभाग, एक्यापबाट समेत अनुमति लिएर सञ्चालन गरेको भन्दै स्थानीयको विरोधलाई दवाउने गरेका छन् ।

यता क्रसर सञ्चालक गुरूङले जलविद्युत आयोजनाको नाममा स्थानीयले लगानी गरेर सञ्चालन गरिएको बताए ।‘क्रसर म्रिस्त्रीखोलाको नाममा छ, ‘स्थानीयको लगानीमा समेत कानुनी प्रक्रिया पुरा गरी सञ्चालन गरिएको छ’ उनले भने ।उनले ्बन मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज विभागको अनुमतिमा दानमा रहेको राष्ट्रिय गौरवको आयोजना मानिएको दाना सबस्टेशनलाई बिक्री गर्ने गरिएको बताए ।

तर,एउटा जलविद्युत आयोजनाको नाममा रहेको क्रसरले अन्य आयोजनालाई अवैध उत्खनन् गरी बिक्री गर्न मिल्दैन् ।क्रसर सञ्चालकमा नेकपा र नेपाली कांग्रेसका स्थानीय नेताको मिलेमतोमा लगानी गरिएपछि आयोजना रएक्यापले समेत अवैध गतिविधिलाई रोक्न असफल देखिन्छन् । एक्यापले समेत प्राकृतिक स्रोतसाधनको दोहान बारेमा मुख खोलेको छैन् । दैनिक विहानै देखि राती अवेरसम्म सञ्चालन हुने क्रसरबाट सबस्टेशन, सडक लगाएत ब्यक्तिगत घर बनाउन समेत प्रयोग हुने त्रसरबाट बार्षिक ८० लाखसम्म कमाई हुने अनुमान गरिएको छ ।

करको दायरामै छैन क्रसर उद्योग
अन्नपूर्ण गाउँपालिकाले आन्तरिक आम्दानीको स्रोत पहिचान गरी विकास निर्माण सहित आवश्यक पूर्वाधार विस्तारमा खर्च गर्ने योजना बनाइरहेको छ ।साना ब्यापार ब्यवसायबाट कर असुले पनि लाखौं कारोबार गर्ने क्रसर उद्योगलाई कानुनी प्रक्रिया तथा करको दायरामा ल्याउन सकेको छैन् । नारच्याङमा स्थानीयको लगानीमा रहेको क्रसर उद्योगबाट गाउँपालिकाले एकरुपैयाँ पनि कर असुल्न सकेको छैन् ।स्थानीयले अवैध क्रसर उद्योग भन्दै चर्को विरोध गरेपनि गाउँपालिकाले जलविद्युतले अवैध गतिविधिलाई सघाउने प्रयास गरेको भन्दै गुनासो मात्रै गर्ने गरेको पाइन्छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुईबर्ष वितिसक्दा समेत दर्ता तथा नवीकरणका बारेमा गाउँपाकिामा कुनै जानकारी छैन् । आयोजनाको आडमा गाउँपालिकालाई समेत जानकारी नदिई नदी तथा आसपासबाट लाखौं घनमिटर कच्चा पदार्थ दोहन गरी प्रशोधन गदैं आएपनि कारवाहीको प्रयास गरिएको छैन् ।’क्रसर उद्योगबाट एक रुपैयाँ पनि कर प्राप्त गरिएको छैन,‘अवैध क्रसरका बारेमा गुनासो आएका छ, कार्यपालिका बैठकमा समेत आवाज उठेको छ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले भने ।उनले गाउँपालिका भित्र सञ्चालनमा रहेका क्रसर सहित अन्य उद्योगलाई करको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

क्रसर उद्योगले कर बाहेक पनि अन्तर शुल्क लगाएत विभिन्न शिर्षकमा तिर्नुपर्ने बताए । मापदण्ड विपरित सञ्चालन गरिएका क्रसरलाई बन्द गर्ने चौतफी दवाव आएपछि स्थलगत अनुगमनको तयारी समेत गरिएको गाउँपाकिाले जनाएको छ ।क्रसर उद्योगले वातावरण र नगरको सौन्दर्यमा गम्भीर असर पु¥याएकाले उचित मापदण्ड बनाएर सञ्चालनमा ल्याउनुपर्नेमा जनप्रतिनिधिको समेत भनाई रहेको पौडेलको भनाई छ ।उनले जलविद्युत आयोजनाको हब बन्दै गएको गाउँपालिकामा नदीजन्य पदार्थको उत्खनन्क लागि वातावरणीय मूल्यांकन समेत गरिने बताए ।

हेर्दा जलविद्युत आयोजनाको तर, ब्यक्तिगत लगानी
क्रसर उद्योग हेर्दा जलविद्युत आयोजनाको जस्तै देखिने भएपनि केही स्थानीयको लगानी रहेको स्वयम लगानीकर्ताले स्वीकार गर्दछन् । एक लगानीकर्ताका अनुसार आफुँले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने टोलीले विरोध मात्रै गरेको बताउँछन् । ‘स्थानीयलाई हामीले धेरै सुविधा दिएका छौ,‘स्थानीय जनताको विरोध पनि छैन’ एक लगानीकर्ताले भने । उनका अनुसार ठुलो लगानी रहेको क्रसरलाई स्थानीय तहमा पनि जानकारी गराएर दर्ता प्रक्रियामा अगाडी बढ्ने बताए । उनको यो भनाईले पनि लगानीकर्ता स्थानीय नै हुन् ।

आयोजनाको नाममा स्थानीयले उत्खनन् गर्नु नै गैरकानुनी देखिन्छ । अर्को कुरा जलविद्युत आयोजनाको नाममा दर्ता भएको दावी गरिएको क्रसरबाट धमाधम आयोजना बाहिर विक्री भइरहेको छ । आयोजना बाहिर क्रसरबाट उत्पादिन निर्माण साम्रागी विक्री गर्नु नै गैरकानुननी भएकाले पनि स्थानीयले खुलेरै क्रसरको विरोध गर्ने गरेका छन् । निर्माणधिन अवस्थामा रहेको म्रिस्त्री खोला जलविद्युत आयोजनाको गतिविधिमा समेत स्थानीय सन्तुष्ट छैनन् । यता जलविद्युतमा कार्यरत म्यानेजरहरुले पनि क्रसरलाई आफ्नो मान्दैनन् ।

तस्वीरमा देखिन्छ अवैध क्रसरको गतिविधि
क्रसर उद्योगबाट गिटी, बालुला लिएर दुईवटा ट्रिपर म्रिस्त्री खोल तर्फ लागेपछि त्यसलाई पच्छाउँदै जादाँ जलविद्युतमा निर्माणधिन अवस्थामा रहेको पावर हाउस, बेशीगाउँ हुदै टनेल तर्फ जानुपर्ने ट्रिपर पक्की पुल हुदै बेनी जोमसोम सडक खण्डबाट दाना तर्फ लागेको थियो । दानाको सवस्टेशनमा नियमित गिटी, बालुवा र ढुंगाको सम्झौता भएको दावी गरिएपनि एउटा जलविद्युत आयोजनाको नाममा रहेको क्रसरले आफ्नो आयोजना बाहेक विक्री गर्न पाउँदैनन् । क्रसरबाट उत्पादन गरिएको निर्माण साम्रागी सवस्टेशन बाहेक पनि अन्य आयोजना तथा ब्यक्तिगत घरमा पु¥याउने गरिएको स्थानीयको भनाईलाई समेत यी तस्वीरले पुष्टी गर्छन् । जलविद्युतमा समेत क्रसरबाट आवश्यक परेमा खरिद गरेर मात्रै प्रयोग गर्ने गरिएको छ ।