बन्दुक देखाएर लुटपाटको प्रयास गर्ने एक महिला सहित तीन जना पक्राउ

0

मंगला गाउँपालिका–५ अर्मनको किमचौरमा बन्दुक देखाएर लुटपाटमा संलग्न एक महिला सहित तीनजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।तीनदिन अगाडी किमचौरकी लिलमति बुढाथोकीको घरमा बन्दुक देखाएर धनमाल लुटपाटको प्रयास असफल भएपछि फरार भएका चारजना मध्ये तीनजनालाई पक्राउ गरी बिहिबार जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

मंगलबार साँझ करिव ७ बजे बन्दुक सहित प्रवेश गरेका लुटेराले बुढाथोकीलाई गरगहना र पैसा माग्दै बन्दुक देखाएपछि प्रतिकार गरेकी थिईन् । बुढाथोकीले प्रतिकार गदैं स्थानीयको सहयोग मागेपछि लुटेराले बन्दुक, गाँजा सहितको झोला छोडेर फरार भएका कमल बुढाथोकीले बताए ।‘योजनाबद्ध तरिकाले घरमा प्रवेश गरेका रहेछन्,’‘असफल भएपछि भागेका थिए’बुढाथोकीले भने । लुटेरालाई पच्छाउँदै जाने क्रममा छिमेकी बरंजाको झाँक्रिपानीका स्थानीय यूवाको पहलमा अन्दाजी ५४ बर्षका एक बृद्ध, महिलालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार फरार मध्ये एकजनालाई छिमेकी जिल्ला बागलुङको ताराखोला भाग्ने क्रममा नियन्त्रणमा लिएको बताए ।चारजनाको समुहमा आएका लुटेरा मध्ये एकजना फरार भएका थिए । गत मंसिर ३ गते सोही समुहले बुढाथोकीको घरमा १ तोला सुन र १२ हजार नगद चोरी गरेको थियो ।‘बन्दुक लिएर घरभित्र प्रवेश गरेपछि तत्कालै प्रतिकार गरेर सहयोग मागे,‘पैसा नदिएर मारिदिन्छु भन्ने धम्की दिएका थिए’ बुढाथोकीले भनिन् । उनले सुनचाँदी र नगद माग्दै महिला अगाडी आएपछि चर्को आवाज निकालेको बताईन् ।

यता प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढाले घटनामा संलग्नको अनुसन्धान भइरहेको बताए । उनले लुटपाटमा संलग्न भई फरार एक जनाको खोजीकार्य भइरहेको बताए । बन्दुक लिएर योजनाबद्ध तरिकाले लुटपाटमा संलग्नको विवरण अदालतबाट म्याद थप गरेपछि सार्वजनिक गरिने बताए । यूवाहरुको समुहमा बृद्ध र महिला नै लुटपाटमा संलग्न भएको देखिएकाले लुटेरा संलग्न रहेका विगतका घटनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।