मोफसलमा बसेर गीतसंगितमा पहिचान बनाउन सफल नकुल ढकालको ‘उखान यूद्ध’ले चर्चा बटुल्न सफल भएको छ । लोकदोहोरी, आधुनिक शैलीका करिब आधा दर्जन गीत बाहिर ल्याएका ढकालले यूवापुस्तालाई लक्षित गरी ल्याएको दोहोरीको ‘ब्याटल’ फर्मको गीतले यूवापूस्तालाई आर्कषित गरेको छ । यूटुवमा सार्वजनिक भएको केही दिनमै करिव ७ लाख २० हजार दर्शकले हेरेको गीत विषेशभरी यूवापुस्ताले बनभोज तथा मनोरञ्जनका क्षेत्रमा धैरै प्रयोग गर्ने गरेका छन् ।

एकै किसिमका आधुनिक तथा लोकदोहोरी गीत सुन्दै आएका दर्शकले महिला र पुरुसा टोली बीचको झगडाको शैलीको गीत भट्ट सुन्दा प्रधानमन्त्रीलाई ब्यंग्य गरेजस्तो देखिएको सर्जक समेत रहेका ढकालले बताए । ‘गीत धेरै लोकप्रिय भएको छ,‘मैले गीतबाट धेरै सुझाव पनि आएका छन्’ ढकालले भने । उनले सुझावलाई आगामी दिनमा सुधार गर्ने बताए । दर्जनौ चर्चित उखान टुक्का जोडेर ब्याटल गीत बजारमा ल्याएको बताउँदै आफ्नो मेहनतलाई दर्शकले रुचाईदिएकोे बताए ।

उनले दोस्रो भागको समेत माग आइरहेको बताउँदै आफुँले एकै शैलीका गीतहरुलाई बजारमा नल्याउने बताए। पप, हिन्दी र पश्चिमा देशका गीतसंगीतमा आर्कषित यूवापुस्तालाई पछिल्ला समय नेपाली गीतले समेत ध्यान तानेको बताउँदै गायक ढकालले भविस्यमा थप नयाँ र आधुनिक गीतहरु ल्याउने तयारीमा रहेको बताए । सहरबजार देखि गाउँसम्म घन्किने गरेको गीतले बालबालिका देखी बृद्धबृद्धासम्मले रुचाएको उनको दावी छ ।

गीतमा शब्द ढकाल, लय बिष्णु शर्माको रहेको छ । त्यस्तै निर्देशन विक्रम चौहानले गरेका छन भने लोकप्रिय गायिका प्रिति आले,रितु ब्रोकन र रामु विहरीले आवाजमा साथ दिएका छन् । गितको शब्द तर्फको पाटो निकै उत्कृष्ट भएकाले पनि गीतसंगीतमा लागेका धेरैले यसलाई राम्रो शैलीभन्दै प्रशंसा समेत गरेका छन् । नेपाली गीतसंगितमा ब्याटल शैली भित्राएका प्रकाश सपुतको दोहोरी ब्याटल गित संग मिल्दो जुल्दो गित भएको भन्दै प्रतिक्रिया दिएपनि संकलित उखानटुक्रामा गरिएको मेहनतले त्यसलाई चिर्न सफल भएको लोकदोहोरीमा संलग्नको भनाई छ ।

‘उखानै उखानलाई जोडेर गितका शब्द तयार पारिएको छ जुन कठिन काम मानिन्छ’ लोकदोहोरी प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले भने। उनले म्याग्दी जिल्लाबाट लोकदोहोरीको क्षेत्रमा देखिएका यूवाहरुको सक्रियताले धेरै उत्साहित भएको बताए । उनले गीतसंगितमा धनी जिल्ला भएकाले पनि आवश्यकता अनुसार भविस्यमा सक्रियता देखाउने बताए । गीतमा प्रिति आले र नकुल ढकालको अभिनय समेत रहेको छ छ । त्यस्तै सामाजिक सञ्जालमा टिकटकमा समेत करिव १५ हजारले उक्त गीतका अभिनय गरेका छन् ।