बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–३ पिप्लेको चमेरे नजिक ट्याक्टर दुर्घटनामा बेपत्ता भएका चालकको खोजीमा शसस्त्र प्रहरीको गोतााखोरको टोली घटनास्थलमा पुगेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा विद्युतको उपकरण पु¥याएर फर्किएको ग १ त ३७४३ नम्बरको ट्याक्टर गत सोमबार चमेरे नजिक सडकबाट खस्दा बेपत्ता भएका दाङ जिल्ला घर भएका चालक दर्शरथ चौधरीी बेपत्ता भएपछि कालिगण्डकी नदीमा खोजीकार्यका लागी गोताखोरको टोली मगाइएको शसस्त्र प्रहरी बल गलेश्वर गुल्मस्थीत नायब उपरिक्षक अनिल कार्कीले बेनीअनलाइनलाई बताए ।

‘चालक कालिगण्डकी नदीमा खसेको आशंकमा खोजीकार्य गर्न टोली आईपुगेको छ,‘दुर्घटनास्थल आसपासका क्षेत्रमा धेरै केन्द्रित हुन्छ’ कार्कीले भने । सबै किसिमका उपकरणसहित गोताखोर टोली आइपुगेपछि दुर्घटनास्थल नजिक रहेको घुमाउने तालमा शव हुन सक्ने आशंका रहेको बताइएको छ । ट्याक्टरमा चालक चौधरी मात्रै सवार रहेका थिए ।

कालिगण्डकी नदी नजिक पुगेको ट्याक्टरबाट नदीमा खसेको हुनसक्ने अनुमान गरिएपछि गोताखोरको टोली मगाइएको हो। ट्याक्टर धनी दिनेश ढुंगाकानोले दुर्घटना भएको चारदिनसम्म पनि चालक फेला नपरेपछि खोजीकार्यका लागी सहयोग मागेको बताए । उनका अनुसार विद्युतको ट्यासफर्मर लिएर फर्किने बेलामा दुर्घटना भएको जानकारी पाएलगत्तै खोजीकार्य गरिएको यिथो । बेपत्ता चालकका आफन्त समेत बेनी आएका छन् ।