नारच्याङका दुई विद्यालय र यूवा क्लवलाई सहयोग

नारच्याङका एक युवाले दुई सामुदायिक विद्यालय र यूवा क्लवलाई सहयोग गरेका छन् । नारच्याङ घरभई हाल क्यानेडामा बसोबास गर्ने बाबुराम पुनले प्रभा मावि र नारच्याङ आधारभुत विद्यालयका सबै कक्षामा ह्वाईटबोर्ड, खेलकुद साम्रागीका साथै अन्नपूर्ण यूवा क्लवलाई बास्केटबलको पोल सहयो गरेका हुन् ।

बाल्यकालमा गाउँकै विद्यालयमा अध्ययन गरेपनि आर्थिक अभावका कारण उच्च शिक्षाका लागी पोखरको लेकसाईडको एक होटलमा काम गरेर उच्च शिक्षा हासिल गरेका पुनले शु्क्रबार आयोजित कार्यक्रममा नारच्याङ आधारभुत विद्यालयलाई ३२ हजार समेत सहयोग गरेका थिए ।‘मैले आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्न धेरै संघर्ष गर्नुप¥यो,‘होटलमा काम गरेर मैले शिक्षा लिएको थिए’ पुनले भने ।

उनले नारच्याङमा बाल्यकालमा विताएका दिनको स्मरणले सहयोग गर्नु कर्तब्य भएको बताएका थिए ।उनले भविस्यमा पनि गाउँका शिक्षा, सामाजिक लगाएतका सामाजिक कार्यमा सहयोग गर्ने बताए । सहयोग बुझ्दै विद्यालयका प्रधानध्यापकले समेत भविस्यमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । त्यस्तै यूवा क्लवका अध्यक्ष श्याम पुर्जाले विगतमा पनि सहयोग प्राप्त गरेको बताउँदै सहयोगदाताको सहयोगले सहज भएको बताए । चन्दादातालाई विद्यालय र क्लवले भब्य स्वागत गरेका थिए ।