विपन्नको उपचारमा कोषलाई एक दम्पत्तीले दिए ५० हजार

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई एक दम्पत्तीले ५० हजार सहयोग गरेका छन् । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको १ करोड ५० लाखको अक्षय कोषको अभियानमा बेनी नगरपालिका ७ विरेन्द्रचोक घरभई हाल यूकेमा बसोबास गर्ने रुपप्रसाद पुन र खमिस्ता पुनले शनिबार एक कार्यक्रमका बीच ५० हजार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरे।

बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा सहयोगदाता पुनले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा जुटेको कोषलाई भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘तपाईहरुको अभियानले दुखीगरिवले नयाँ जीवन पाएका छन्,‘अस्पतालमा पुग्न नसक्ने विरामीलाई नै प्राथमिकतामा राखेर काम गर्नुहोला’ पुनले भने।

उनले कोषका हरेक अभियानलाई नजिकबाट हेरेको बताउँदै म्याग्देली जनतालाई आर्थिक अभावले उपचारमा बन्चित नहुने अवस्थालाई केन्द्रित गरी अक्षष कोषको प्रयास प्रशंसनीय रहेको बताए । सोही अवसरमा वडा अध्यक्ष राजेन्द्र कु्मार श्रेष्ठ, कोषका अध्यक्ष शाक्यले समेत समेत मन्तब्य राखेका थिए ।बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि २०७० सालमा उपचारको क्रममा बचत रकमबाट सुरु गरिएको कोषले प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ।कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ । संस्थाको विधानमा आजिवन सदस्यता ५ हजार ५५५, ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ । संस्थाका अध्यक्षले हरेक विरामीलाई ब्यक्तिगत रुपमा ५ हजारदेखी माथि सहयोग गदैं आइरहेका छन भने संस्थागत गतिविधिका हरेक खर्च समेत ब्यक्तिगत ब्यर्होर्ने गरेका छन्।