म्याग्दी जेसीजको अध्यक्षमा खम थापा

0
339

म्याग्दी जेसीज सन् २०१९ को अध्यक्षमा खम थापा निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न भएको २० औं बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट निर्वतनमान अध्यक्ष ई. कमल विश्वकर्मा, कानुनी सल्लाहकार नारायण बराल, बरिष्ठ कार्यकारीणी उपाध्यक्ष भरत रकाल, कार्यकारीणी उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, सुजन बरुवाल, महासचिव सन्दिप खत्री, कोषाध्यक्ष अर्जुन पौडेल, शाखा सम्पादक भिमनाथ शर्मा, उपाध्यक्षमा विष्मा रमेश आचार्य, निर्मल खत्री र सुमन बानियाँ रहेका छन् ।

त्यस्तै गरी अध्यक्ष सल्लाहकार दिनेश बरुवाल, शैलेस श्रेष्ठ चयन भएको म्याग्दी जेसीजले जनाएको छ । अधिवेशनबाट अध्यक्ष कार्यकारीणी उपाध्यक्ष र उपाध्यक्ष निर्वाचित तथा अन्य सबै पद मनोनित हुन् । मनोनित पदमा समेत शनिबार मध्यरातसम्म सहमति गरिएको शाखा अध्यक्ष विश्वकर्माले बताए । उनका अनुसार केही मनोनित पद पदस्थापना पछि नयाँ कार्यकालका लागी निर्वाचित अध्यक्षले गर्ने बताए ।

साधारण सभाको अवसरमा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम कुमार कर्माचार्य, इश्वर श्रेष्ठ, रामकृष्ण बराईली,भिमसेन बराईली लगाएतको उपस्थिीति रहेको थियो। सन् १९९९ स्थापना म्याग्दी जेसीजले जिल्लामा खेलकुद, सदस्यको क्षमता विकास लगाएत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

नेपाल जेसीजका विभिन्न अवार्डबाट समेत सम्मानित भएको जेसीजका नवनिर्वाचित अध्यक्ष थापाले स्थानीयतहसम्म गरिने कार्यक्रमलाई निरन्तरता संगै संस्थाका नियमित गतिविधि,सामाजिक कार्य तथा यूवाको क्षमता अभिबृद्धिलाई प्राथमिता दिएको बताएका थिए । जिल्लाको सदरमुकाम देखी हरेक गाउँपालिका भित्रका यूवाहरुलाई जेसीजमा आर्कषित गर्ने बताए । निर्वाचित थापा परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कोषाध्यक्ष समेत हुन् भने परोपकारी क्षेत्रमा धेरै समय दिने गरेका छन् ।