अक्षयकोषका लागि एक करोड १६ लाख सङ्कलन

????????????????????????????????????

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको रु एक करोड ५० लाखको अक्षयकोषका लागि अहिलेसम्म रु एक करोड १६ लाख सङ्कलन भएको छ । आर्थिक अभावमा कसैलाई पनि उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ओमकुमारी शान्ति कोषले अक्षयकोष स्थापना गर्न लागेको हो । हालसम्म अक्षयकोषमा रु एक करोड १६ लाख सङ्कलन भइसकेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

ओमकुमारी शान्ति कोष विसं २०७० मा स्थापना भएको हो । बेनी नगरपालिका–४ की ओमकुमारी ९शान्ति० पुन हाइपोप्लाष्टिक एनिमिया रोगबाट पीडित भएपछि उनको उपचारमा सहयोग जुटाउन सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । उपचारकै क्रममा पुनको निधन भएको थियो । पुनको निधनपछि बचत भएको रकमबाट डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिएको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुभयो । (रासस)