जिल्लाको मंगला गाउँपालिका–४ थर्पुमा विद्युत सर्ट हुदाँ एक घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो करिव २ बजे एक्कासी विद्युत सर्ट भएर लाल बहादुर रोकाको घर जलेर नष्ट भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयबासीले बताएका छन् ।

महेन्द्ररत्न आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रोकाको घरमा आगलागी हुदाँ अन्नपात, लत्ताकपडा, नगद, फर्निचर लगाएतका सामान जलेर करिव १५ लाख बराबरको क्षती भएको स्थानीयको भनाई उद्धित गदैं मंगला गाउँपालिका कृषि प्राविधिक जगत बानियाँले बताए । आगलागी भएलगत्तै नियन्त्रणको प्रयास गरिएपनि सफल हुन सकेको थिएन् । आगलागी नियन्त्रणमा थर्पुका साथै आसपासका क्षेत्रबाट समेत सर्वसाधारण पुगेका थिए । आगलागी दुईघण्टापछि नियन्त्रण्मा आएको थियो ।